पाल्पा बस दुर्घटना  : मृतकको पहिचान खुल्यो (अपडेट)

पाल्पा बस दुर्घटना  : मृतकको पहिचान खुल्यो (अपडेट)

 तानसेन :  पाल्पामा बिहान भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।  तानसेनबाट रामपुर तर्फ सहकारीको भ्रमण अबलोकनका लागि आउदै गरेको लक्ष्मी बचत तथा सहकारीको रिजर्भ बस दुर्घटनामा १२ जनाको मृत्युु भएको छ भने १५ घाइते भएको प्रहरीले जनाएको छ । 

मिसनमा उपचार गराएका १ जनाको मृत्यु भएको छ भने ९ जनाको मिसनमा र अन्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । 

मृत्युुहुनेमा तानपा ४ का बिष्णुुमान बज्राचार्य, तानपा ३ का देवेथलाल प्रधान र कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा ६ का शुसिल प्रसाद श्रेष्ठ, सोही वडाका कृष्ण बहादुर बोहोरा, तानपा ६ कै दुुर्गा बहादुर सारु र गिता बुुढाथोकी , तानपा २ का लोकनाथ ढकाल, तानपा ३ का बसन्ती खाँण, अर्का एक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । 

 प्रहरीले मिसन अस्पतालमा उपचारका लागि  ल्याएका सिचन बज्राचार्यको मृत्यु भएको जनाएको छ । मिसनमा  प्रफुल्ला शर्मा, बिमला रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मंगल, मिना खाम्चा, मुना सारु र अर्जुन थापाको उपचार भइरहेको छ । 

सम्बन्धीत समाचार

पाल्पामा बस दुर्घटना : १२ को मृत्यु,१५ घाइते


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.