योगश भट्टराई भन्छन् : ठूला आयोजनामा गम्भीर लापरवाही भएको छ

योगश भट्टराई भन्छन् : ठूला आयोजनामा गम्भीर लापरवाही भएको छ

फुङलिङ : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ठूला आयोजनामा ठेकेदारले गम्भीर लापरवाही गरेको बताएका छन् । कामको जिम्मा लिने र पूरा नगर्ने ठेकदारका कारण विकास निर्माणको कामले गति लिन नसकेको भट्टराईले बताए ।

शनिबार ताप्लेजुङ आएका गृहमन्त्री रामबहादुर थापालाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराउँदै उनले भने, ‘ताप्लेजुङको दुई निर्वाचन क्षेत्र जोड्ने तमोर पुल, वर्षेनी तीन लाख बढी तिर्थयात्री आउने पाथिभरा सडक वर्षौदेखि पुरा हुन सकेका छैनन्,‘ठेकदारकापछि लाग्दालाग्दा धेरै जुत्ता फाटिसके, सम्पर्कमा आउँदैनन्, अब यिनीहरुलाई करवाहीको दायरामा ल्याउनुपर्छ ।’

भट्टराईले ७ सय ७३ मेगावाटको तमोर जलासययुक्त विद्युत आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले यसले अब गति लिने बताए । ताप्लेजुङको उन्नति चीनसँगको ओलाङचुङगोला नाका खुलेपछि मात्रै हुने भएकाले यसमा पहल गरिदिन पनि गृहमन्त्रीलाई आग्रह गरे ।

‘करिब अढाई सय मिटरमा प्रदेश राजधानी विराटनगर हुँदै भारत पुगिने हुँदा यसलाई प्राथमिकतामा राखिनुपर्छ ,’भट्टराईले भने । भट्टराईले कुल उत्पादनको ४० प्रतिशत बढी अलैचीं उत्पादन हुने जिल्लालाई अलैचींको सुपरजोन बनाउन पनि गृहमन्त्रीको ध्यानाकृष्ट गराएका छन् ।

यसैबिच गृहमन्त्री थापा शनिबारै नेपाल र चीनको सिमाना अवलोकनका लागि ओलाङचुङगोला जाने कार्यक्रम रहेपनि खराब मौसमका कारण जान सकेनन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.