सर्पदंशबाट नाति-हजुरआमाको मृत्यु

सर्पदंशबाट नाति-हजुरआमाको मृत्यु

 गाईघाट : विशालु सर्पको टोकाइबाट उदयपुरमा आइतबार बिहान आमाछाराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजाने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ५५ वर्षीय  हजुरआमा टीकामाया बस्नेत र १२ वर्षीय नाति सगुन बस्नेतको बाटैमा ज्यान गएको हो ।

सँगै सुतेका नाति–हजुरआमालाई सर्पले टोकेपछि करिब १ बजे उपचारका लागि कटारी अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मेघराज अधिकारीले जानकारी दिए । 

अस्पताल पुर्‍याउनु अघि नै हजुरआमा टिकाको ज्यान गएको र नानिको आइतबार बिहान थप उपचारका लागि सिरहाको चौहर्वामा रहेको नेपाली सेनाको सर्पदंश केन्द्र लैजाने क्रममा बाटैमा ज्यान गएको डिएसपी अधिकारीले बताए । दुबैको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 गर्मी बढेसँगै जमिन तातेर जमिन भित्रका जीवनहरु बाहिर निस्कन थालेका छन् । जमिनभित्रका विशालु सर्पहरु बाहिरिएपछि सर्पको टोकाइबाट उपचार गराउनेको संख्या अस्पतालमा बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.