भुस्याहा कुकुरको बन्ध्याकरण

भुस्याहा कुकुरको बन्ध्याकरण

तुलसीपुर : दाङमा कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ । जिल्लाका दुई ठूला सहर तुलसीपुर र घोराही क्षेत्रमा रहेका घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) कुकुरलाई बन्ध्याकरण गर्न थालिएको हो ।

 भुस्याहा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि दाङमा कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ । स्थानीय तहको सहकार्य र कार्यालयको प्राविधिक ब्यवस्थापनमा बन्धयाकरण थालिएको हो ।

सहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि बन्ध्याकरण सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखा तुलसीपुरका प्रमुख सुदाम भट्टले जानकारी दिए ।

उनले यस वर्ष ५० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएर काम सुरु गरेको बताए । प्रमुख भट्टले बन्ध्याकरणले भुस्याहा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा  कमी ल्याउने  अपेक्षा गरिएको बताए ।

 भुस्याहा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको पशु सेवा कार्यालयका प्रमुख डा.चन्द्रबहादुर रानाले बताए । उनले घोराही र तुलसीपुरमा कुकुर बन्ध्याकरण हरेक वर्ष गरिने जानकारी दिए । कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उनले बताए ।

पछिल्लो समय तुलसीपुरका विभिन्न स्थानमा भुस्याहा कुकुरले झुण्ड बनाएर साना पशुहरुमा आक्रमण गर्ने कार्य बढिरहेको पशु प्राविधिक सुवास आचार्यले बताए । उनले दैनिक जसो २÷३ वटा कुकुरले टोकेका पशुहरु उपचारको लागि पशु शाखामा आउने गरेको जानकारी दिए ।

भुस्याहा कुकुर जथाभावी आक्रमण गर्ने थालेपछि भुस्याहा कुकुरलाई व्यवस्थापन गर्न बन्ध्याकरण गर्न सुरु गरिएको वताए । उनले नगर क्षेत्रमा सबै भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने गरी काम थालिएको वताए । 

यसैबीच पशु सेवा शाखा तुलसीपुरले तीन दिने कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । भुस्याहा कुकुरले बाटो हिडने बटुवालाई आक्रान्त पारिरहेको अवस्थामा बन्ध्याकरण सुरु हुनु राम्रो भएको स्थानीय प्रेमराज धितालले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.