कोरियाली राष्ट्रपतिले नेपालको पुनर्निर्माणमा सहयोग जारी राख्ने

कोरियाली राष्ट्रपतिले नेपालको पुनर्निर्माणमा सहयोग जारी राख्ने

सियोल : दक्षिण कोरियाका राष्ट्रपति 'मुन जे इन'ले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दुर्इ वर्षअघि नेपालको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी उद्धारमा सहयोग गरेको माध्यमिक विद्यालयलाई व्यक्तिगत रुपमा फेरि १ करोड ३५लाख वोन अर्थात १३ लाख ४८ हजार २०० रुपैयाँ सहयोग गरेका छन् । 

नेपालमा २०१५ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्पका  कारण क्षतिग्रस्त भएको नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयमा राष्ट्रपति मून र उनका सहयोगीले श्रमदान र आर्थिक सहयोग गरेका थिए ।  मुन दक्षिण कोरियाको राष्ट्रपति बन्नुभन्दा पहिल्यै सन २०१६ को जुनमा भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि नेपालमा पुगेका थिए ।

 मुन नेपालको भ्रमण रहेका बेला दक्षिण कोरियाको राष्ट्रपति रहेकी 'पार्क ग्युन हे' भ्रष्टाचार अभियोगका कारण अपदस्थ भएपछि मे २०१७ मुन राष्ट्रपतिमा निर्वाचित भएका थिए।  नेपाली र कोरियन मिडियामा उनले नेपालमा गरेको सहयोगको चर्चा भएको थियो ।

राष्ट्रपति मुनले भूकम्पपछि भ्रमणका बेला आरुखर्कका बालबालिका र स्थानीयलाई आफ्नो  सहयोग जारी राख्ने बताएका थिए । सोही प्रतिबद्धता अनुरुप पुनः सहयोग गरिएको जानकारी राष्ट्रपति कार्यलय ब्लू हाउसले जनाएको छ । राष्ट्रपति मुनले केही महिनाअघि आफूले श्रमदान र सहयोग गरेको विद्यालयको पुर्ननिर्माणका बारे चासो राखेका थिए। 

सो क्रममा बजेट अभावका कारण सम्पन्न हुन नसकेको जानकारी पाएका थिए। त्यसपछि राष्ट्रपति मुनले आफू र आफ्नो सहयोगीबाट १ करोड ५० लाख वोन संकलन गरेका हुन् । १ करोड ५० लाख वोन मध्ये विद्यालयलाई १ करोड ३५ लाख र बाँकी १५ लाख वोन विद्यालय पुर्ननिर्माणमा  जुटेका कामदारलाई स्वास्थ्य उपचारका लागि राष्ट्रपति मुनले सहयोग गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.