वडा सदस्यको रहस्यमय मृत्यु, हत्या गरिएको आरोप

वडा सदस्यको रहस्यमय मृत्यु, हत्या गरिएको आरोप

कालिकोटः नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ निवासी महिला वडा सदस्य ४५ वर्षीया मना सार्कीको कुटपिट गरी हत्या गरिएको छ । शनिबार राति स्थानीय बासिन्दा राजिन्द्र शाही र र्सिजना शाही लगायतले कुटपिट गरेपिछि उनको ज्यान गएको आफन्तहरुको आरोप छ । सार्कीको गत शनिबार राति ११ बजे मृत्यु भएको हो ।

उनका श्रीमान चुरे सार्की रोजगारको सिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको हत्याबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ । 

सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मान्ममा राखिएको । कुटपिटमा संलग्न भएको आशंकामा राजिन्द्र शाही, सिर्जना शाही र दुर्गा शाहीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।  

 जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा किटाणी जाहेरी दिएका छ्रन् । प्रहरीको प्रारम्भीक अनुसन्धानले मृतक सार्कीको कुटपिटकै कारण मृत्यु नभएको देखिएको प्रहरीले जनाएको छ । 

‘शव हेर्दा कुटपिट नै भएको जस्तो देखिँदैन’, जिल्ला प्रहरी कार्यालय निमित्त प्रमूख निरक चौलागाईँले भने, ‘हामी अनुसन्धान गरिरहेका छाँै । पोष्टमार्टम रिर्पोट आएपछि वाास्तविकता आउला, तर शव हेर्दा अरु नै कारणले मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.