प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुर्खेतको पोल्टामा

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुर्खेतको पोल्टामा

वीरेन्द्रनगरः शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सुर्खेतले हात पारेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जुम्ला दोस्रो भएको छ भने सल्यानले तेस्रो स्थान पक्काग गरेको छ । 

प्रतियोगितामामा प्रथम, दोस्रो र तेस्रो हुने जिल्लालाई क्रमशः २०, १५ र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष कपर्दीतर्फ सल्यान प्रथम र द्वितिय दैलेख भए भने महिला कपर्दीतर्पm सुर्खेत प्रथम र दोस्रो पनि दैलेख नै भएको छ । 

त्यस्तै, महिला भलिबलमा सल्यान प्रथम, कालिकोट दोस्रो र तेस्रो स्थान जुम्लाले हात पारेको छ । पुरुषतर्पmको भलिबलमा सल्यान प्रथम, दोस्रो रुकुम र तेस्रो स्थान सुर्खेतले हासिल गरेको छ । 

भलिबल (छात्रा) तर्फ सल्यानकी लिला केसी र छात्रतर्फm सल्यानकै रञ्जीत विक उत्कृष्ट खेलाडी घोषित भए । कपर्दीमा छात्रातर्पm सुर्खेतकी देवीका थापा र छात्र तर्फ सल्यानका नवराज क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

कराँतेमा छात्रातर्फ एलिना थापा मगर र छात्रतर्फ चिरन थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, तेक्वान्दोमा छात्र तर्पm दैलेखका लक्ष्मण गुरुङ्ग उपाधि हात पारे । छात्रा तर्फ सुर्खेतकी मनिषा विक, उसु खेलमा छात्रतर्फ सुर्खेतकै कृष्ण सिं र छात्रा तर्फ पनि सुर्खेतकाी मालिका सार्की उत्कृष्ट घोषित भएका छन् । 

प्रतियोगितामा एथ्लेटिक्सतर्फ जुम्लाका नवराज रावत उत्कृष्ट खेलाडी भए । प्रतियोगिता सम्पन्नको अवसरमा खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी नवराज रावत र कालिकोटका भलिबल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगदसहित सम्मानसमेत गरेको थियो । 

प्रतियोगिताको समापनमा बोल्दै प्रदशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशासित बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए । 

खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने भन्दै उनले सहभागी खेलाडीलाई  राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्मको खेल खेल्न शुभकामना दिए ।

खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाडौँमा हुने राष्टिय प्रतियोगितामा धेरै पदक कर्णालीले जित्ने विश्वास व्यक्त गरिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.