मानसरोवर जाने धार्मिक पर्यटक बढे

मानसरोवर जाने धार्मिक पर्यटक बढे

सिमकोट : हुम्ला सदरमुकाम सिमकोटको बाटो भएर मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको संख्या बढ्न थालेको छ। हरेक वर्ष वैशाखदेखि भदौसम्म हिन्दु धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा मानिने कैलास मानसरोवर दर्शन गर्न जाने भक्तजनको संख्या यो वर्ष पनि बढ्न थालेको छ। 

गएको वैशाख २९ गते आउन सुरु गरेका धार्मिक पर्यटकमध्ये जेष्ठ २० गते सम्म ३ हजार ४ सय ९ जना जिल्लामा भित्रिएका छन्। जिल्लामा पर्यटक आवतजावत गर्न हवाई यातायात सहज भएपछि सिमकोटहुँदै मानसरोवर आउने पर्यटकको संख्या बढेको सिमकोट विमानस्थल प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताए।

उनका अनुसार अहिलेसम्म ३ हजार ३ सय २९ जना भारतीय पर्यटक भित्रिसकेका छन् भने ८० जना अन्य देशका पर्यटक मानसरोवर कैलास दर्शनका लागि हुम्ला आइपुगेका छन्। 

गएको वर्ष झण्डै २० हजार धार्मिक पर्यटकले सिमकोट हुँदै कैलास मानसरोवरको दर्शन गरेको बताएको विमानस्थल सुरक्षा चौकीले यो वर्ष दोब्बर पर्यटक कैलास दर्शन गर्न जाने अनुमान गरेको छ।

यही समयमा गतवर्ष १ हजार ६ सय ७७ जानले मात्रै मानसरोवर कैलाश दर्शनका लागि हुम्ला पुगेको बताएका प्रहरी नायब निरीक्षक शाहीले अन्नपूर्णसँग भने, 'यही रफ्तारमा पर्यटकको संख्या बढे यो वर्ष करिब ३५ हजार पर्यटकले कैलास दर्शन गर्ने देखिन्छ।'

कैलास जान हेलिकप्टरको पर्खाएमा रहेका भारतीय धार्मिक पर्यटक।

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले अहिले सिमकोट बिमानस्थल निकै व्यस्त छ। नेपालगञ्जदेखि सिमकोटसम्म तारा, सिता, मकालु, समिट, सिम्रीक एयरलगायतका नीजि विमान कम्पनी र सिमकोटदेखि चिनसँग सीमा जोडिएका हिल्सासम्म साना हेलिकप्टर गरेर प्रतिदिन १ सयभन्दा बढी उडान भर्न थालेपछि पछिल्लो समय सिमकोट विमान स्थलको व्यस्तता बढ्दै गएको नागरिक उड्डयान कार्यालय सिमकोटका प्रमुख गौरीशंकर शाहले बताए। उनका अनुसार हरेक दिन सिमकोट विमानस्थलमा हुने उडानको संख्या बढ्दै गएको छ। 

होटलको संख्या बढ्यो 

वर्षयाम सुरु भएसँगै सिमकोटहुँदै कैलास मानसरोबरको दर्शन गर्न आउने पर्यटक आउन थालेपछि सिमकोटमा होटेको संख्यामा समेत वृद्धि भएको छ। कैलास मानसरोबरको दर्शन गर्न आउने धार्मिक पर्यटकले हवाई यातायातको चाँपका कारण कम्तीमा एकदिन हुम्ला सदरमुकाम सिमकोटमा बस्नुपर्ने अवस्था आएपछि सिमकोटमा होटेलको संख्यामा वृद्धि भएको हुम्ला होटेल व्यवसायी संघका अध्यक्ष मिम लामाले बताए। 

कैलास मानसरोवर जाने धार्मिक पर्यटकलाई लक्षित गरेर यो वर्ष मात्रै सिमकोटका दर्जन भन्दा बढी होटेल दर्ता भएको हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्गले बताए। कैलास जाने धार्मिक पर्यटकले हुम्लाको होटेल व्यावसाय विस्तारै तग्रिदै गएको अध्यक्ष लामाले भने, ' स्थानीय, प्रदेश र केन्द्रीय सरकारले सिमकोटहुँदै कैलास मानसरोवर जाने पर्यटकलाई कम्तीमा १/२ दिन अनिवार्य सिमकोट र आसपासका क्षेत्रमा बस्ने व्यवस्था मिलाउन सके समग्र जिल्लाको आर्थिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्थ्यो।'
 
जिल्लामा आउने धार्मिक पर्यटकको संख्या बढेसँगै सय  जना ग्राहक अटाउन सक्ने ठूला पाँचवटा हेटेल यो वर्ष मात्रै सञ्चालनमा आएका छन्। सोही अनुसार कैलास जाने धार्मिक पर्यटकलाई लक्षित गरेर आफूले व्यवस्थित होटेल सञ्चालनमा ल्याएको बिजय होटेलकी सञ्चालक याङकी लामाले बताइन्। 

अघिल्लो वर्षसम्म ३/४ वटा मात्रै होटेल सञ्चालनमा रहेको बताएका सन भ्याली रिर्सोटका म्यानेजर पेमा लामाले यो वर्ष मात्रै १४ वटा सुविधा सम्पन्न होटल सञ्चालनमा आएपछि जिल्ला हुँदै कैलास जाने पर्यटकलाई सहज हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.