नगद र मोबाइल बोकी घरबाट भागेका चार बालकको उद्धार

नगद र मोबाइल बोकी घरबाट भागेका चार बालकको उद्धार

जाजरकोट : नलगाड नगरपालिका-१ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। भेरी नगरपालिका-४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड-१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड-१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिए।

उनीहरुलाई दलालले भारत लैजानका लागि ल्याइएको हुनसक्ने प्रहरीले जनाएको छ।उनीहरुको साथबाट १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ। सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको छ।चारैजना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए। यहाँका अधिकांश बालबालिकालाई फकाएर भारत लगि श्रमशोषण गर्ने प्रचलन बढेपछि प्रहरीले कडाइ थालेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.