ड्राइपोर्टमा आगलागी, करिब चार करोडको क्षति

ड्राइपोर्टमा आगलागी, करिब चार करोडको क्षति

वीरगन्ज : वीरगन्जको सिर्सियमा रहेको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा बुधबार राति आगलागी  हुँदा झण्डै चार करोड बराबरको भौतिक क्षति भएको छ। ड्राइपोर्टमा रहेको कन्टेनर लोड अनलोड गर्ने एन सी ०२०-०१४९ नम्बरको ह्यास्टर (रिटेस्टेकर) मेसिनमा आगलागी भएको हो। 

नेपाल इन्टर मोडल यातायात विकास समितिको स्वामित्वमा रहेको ड्राइपोर्ट, हिमालयन टर्मिनल प्रालीले ठेक्कामा लिएर सञ्चालन गर्दै आएको छ।हाइवे रोडलाइन प्रालीबाट हिमालयन टर्मिनल प्रालिले भाडामा ल्याएको रिटेस्टेकर मेसिनको इन्जिनमा विद्युत सर्ट भएर आगलागी हुँदा मेसिन जलेर पूर्ण नष्ट भएको छ। आगलागीबाट झण्डै चार करोड मूल्य बराबरको क्षति भएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए।
 

यो मेसिनको मूल्य भारु सवा दुई करोड पर्छ, उनले भने, 'आगोले जलेर मेसिन पूर्ण रुपमा ध्वस्त भएको छ।मेसिनका अपरेटर भारत सीतामढी घर भएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते भएका छन्।

उनको दाँया हातमा आगोले पोलेर घाउ भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए। बुधबार राति करिब १० बजेर ४० मिनेटमा मेसिनमा लागेको आगो वीरगञ्ज महानगरपालिकाको कार्यालय र पोखरीया नगरपालिकाको कार्यालयका दुईवटा वारुण यन्त्रको सहयोगमा स्थानीय , नेपाल प्रहरी र सशस्त्र  प्रहरीले राति साढे ११ बजेतिर नियन्त्रणमा लिएको थियो।

ड्राइपोर्ट सञ्चालनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिको लापरवाहीका कारण आगलागी भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका निमित्त प्रमुख उज्जवलकुमार झाले बताए।
 
ड्राइपोर्टमा फायर फाइटिङ उपकरण ६ महिनादेखि जीर्ण छ , मर्मत गर्न पटकपटक पत्र हिमालयन टर्मिनल प्रालिलाई पठाउँदै आएका छौं तर सुनुवाइ भएको छैन, झाले भने,' फायर फाइटिङले काम नगरेकै कारण रिटेस्टेकर मेसिन पूर्णरुपमा जलेर नष्ट भएको हो। रिटेस्टेकरको इन्जिनमा विद्युत सर्ट भएर आगलागी हुँदा पूरै ड्राइपोर्टमै आगलागी हुने सम्भावना भएपनि कन्टेनर खाली भएका कारण थप क्षति हुन नपाएको झाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.