काम नगर्ने ६ ठेकेदारलाई एकहप्ते अल्टिमेटम, काम नथाले कारबाही

काम नगर्ने ६ ठेकेदारलाई एकहप्ते अल्टिमेटम, काम नथाले कारबाही

दुनै,डोल्पाः स्थानीय प्रशासनले डोल्पाका ६ ठेकेदारलाई सात दिने अल्टिमेटम दिएको छ । जिल्लामा निर्माणाधीन भौतिक संरचना समयमा पुरा नगरेपछि सम्बन्धित कार्यालयले एक साताको अल्टिमेटम दिएका हुन् । 

डोल्पामा भवन डिभिजन कार्यालय जुम्लामार्फत ७ वटा भवन बन्दैछन् । तीनवटा खोनपानी योजना सरसफाई सब–डिभिजन कार्यालय डोल्पामामार्फत बन्दैछन् । 

शिक्षा विकास तथा समन्वय ईकाइको एक भवन, सिचाइँ सब–डिभिजन कार्यालयको एक सिचाइँ, जिल्ला समन्वय समितिमार्फत मोटोरेबल पुल गरी १४ वटा योजना हालसम्म पनि निर्माण हुन सकेका छैनन् । 

१४ वटा योजनाका ६ वटा ठेकेदारमध्ये एकै व्यक्ति वा निर्माण सेवाले ५ वटासम्म योजना होल्ड गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘निर्माणका लागि योजना सम्झौता गरेको वर्षौँ भइसक्यो तर काम भएको छैन सम्बन्धित कार्यालयबाट एक सताको अल्टिमेटम दिइएको छ । त्यस भित्र काम थालनी नभए सीधै कारवाही गर्छु ।’ 

सरकारले देशभर ठेकेदारलाई जिम्मा लिएका कामहरु समयमा गर्न कडाइका साथ निर्देशन र कारबाही गरेसँगै डोल्पामा पनि १४ वटा योजनाका ६ ठेकेदारलाई एक साताको अल्टिमेटम दिइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।  

निर्माण कम्पनीले योजनाको सम्झौता गर्दा समयमा काम नगरे ग्रेड बृद्धिमा रोक्का तथा कालोसूचीमा राख्न सकिने सरकारी अधिकारीले जनाएका छन् । यदि तत्काल योजना सम्पन्न नगरे कालोसूचीमा राखेर ठगी तथा हेलचेक्रेयाइँ गरेको आरोपमा मुद्दा दायर गर्ने प्रजिअ थापाले बताए । 

दुर्गम र भौगोलिक विकटता हेरेर एक साताको अल्टिमेटम दिन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्लामा सम्झौता भएर हालसम्म पनि निर्माण हुन नसकेका १४ वटा योजनामा “ग” वर्गका ठेकेदारदेखि मन्त्रीसम्मका निर्माण सेवाहरु रहेका छन । यदि एक साताको अल्टिमेटमलाई सामान्य रुपमा लिएमा मन्त्रीदेखि सबै ठेकेदार कारबाहीमा पर्ने प्रमुख जिल्ला अधिकारी थापाको दावी छ । 

१४ वटा योजना मध्य ११ वटाको काम थालनी गरिएको छ भने माथिल्लो डोल्पाका ३ वटा स्वास्थ्य चौकीका भवनहरु हाल सम्म पनि कामको थालनि भएका छैनन । भवन डिभिजन कार्यालय जुम्लाले योजनाका लागि ठेकेदारलाइ जिम्मा लगाउने तर काम भए नभएको कुनै वास्ता नगर्ने गरेको नागरिक समाज डोल्पाको आरोप रहेको छ । 

सम्झौता भएर पनि सबै भन्दा धेरै लामो समय सम्म काम सम्पन्न हुन नसकेका योजनाहरु मोटोरेबल पुल रुपगार्ड, जिल्ला कारागार, जिल्ला प्रशासनको भवन, खोनपानी र स्वास्थय चौकी भवन रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.