सबल अर्थतन्त्रको सपना
जिन्दगीको भिक्षापत्र भरिए पनि इच्छापात्र नभरिने रोग राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा रहेको छ। सोही कारण अर्थतन्त्रका सूचांकहरू अपेक्षित रूपमा सुधार हुन नसके पनि नेतृत्व वर्ग अर्थतन्त्र ठीकठाकै छ भनी त्यसैमा रमाउने परिपाटी विकास हुन पुग्यो। अर्थशास्त्रमा यसलाई विकासको बाधक मानिन्छ। जसले आर्थिक विस्तारमा संकुचन ल्याउन सहयोग पुर्याएको कारण देश अहिलेको अवस्थामा आइपुगेको हो।
उल्झनमा अर्थतन्त्र
आर्थिक गतिविधिमा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्वको अभावले अर्थतन्त्रमा सकस र दबाब सिर्जना भएको छ। जसले गर्दा आर्थिक गतिविधि सुधारको बाटोतर्फ अघि बढे पनि लय समात्न नसकेर संकुचनमै अल्झिरहेको जस्तो देखिएको हो।