सेनेगल र पोल्याण्डको रोचक खेल : पहिलो आत्मघाती, दोस्रो खाली पोस्टमा गोल
मस्को : रुस विश्वकप अन्तर्गत मंगलबार जारी पोल्याण्ड र सेनेगलको म्याच रोचक बनेको छ। पोल्याण्डले ३८ औँ मिनेटमा आत्माघाती गोल गरेको थियो भने दोस्रो गोल सेनेगलले खाली पोस्टमा गरेको छ।
पोल्याण्डका गोलरक्षक डि एरिया बाहिर आएको मौकामा सेनेगलले खाली पोस्टमा उत्कृष्ट गोल गरेको हो।
३८ औं मिनेटमा सेनेगलका स्ट्राइकरको प्रहारलाई रोक्ने क्रममा पोल्याण्डका थियागो रेन्जेल सियोनेकले आत्मघाती गोल गरेका थिए। पोल्याण्डविरुद्ध दोस्रो गोल भने ६० मिनेटमा माइ नाइङले खाली पोस्टमा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !