अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । 

समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । 

क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोको अक्षम्य गल्तीका कारण क्रोएसियाले पहिलो गोल गरेको थियो । काबाल्लेरोले डी बक्सभित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिक नजिकै हावामा फ्यालेपछि ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । 

त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका लुका मोड्रिचले गरेको गोल आकर्षक थियो । उनले अर्जेन्टिानाका डिफेन्डरलाई चक्मा दिँदै डी बक्सको केही बाहिरबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । 

क्रोएसिया यतिमा मात्रै रोकिनेवाला थिए । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खलेको ९१ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी अल्मलिएका बेला गोललाई जालीको दिशा देखाइदिए । 

आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टी समेत गुमाएका लियोनल मेसीले एक दुई बाहेक गतिलो प्रदर्शन गर्न सकेनन् । उनी यो खेलमा फ्लप साबित भए । गोल खाएपछि दोस्रो हाफमा ३ जना स्ट्राइकर मेसी, हिगुइन र पाउलो ड्बालालाई एक साथ उतार्दा पनि अर्जेन्टिनाले क्रोएसियाको डिफेन्सलाई चिर्न सकेन । 

५९ प्रतिशत बल पोजिसन बनाए पनि क्रोएसियाको आक्रमणलाई अर्जेन्टिनाको डिफेन्सले छेक्न सकेन । विशेषगरी लुका मोर्डिच, इभान राकिटिक र मारियो मान्जुकिजले अर्जेन्टिनाको पोस्टमा पटक पटक चार्ज गरे । 

यता क्लब फुटबलमा चम्किएका मेसी, हिगुवाइन, ड्बाला र अग्वेरोले गतिलो पोस्ट चार्ज गर्न सकेनन् । यो पराजयपछि अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा पनि कठिन बनेको छ । 

यसअघि सन् २०१४ को विश्वविजेता जर्मनी आफ्नो समूह चरणको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको थियो । त्यही विश्वकपको उपविजेता अर्जेन्टिना आफ्नो समूहको दोस्रो खेलमा लज्जास्पद हार भोग्न बाध्य भयो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.