३३ किलो सुन प्रकरण : वीरगन्जका व्यापारी छोराको बिहेबाटै पक्राउ
काठमडौं : सुन तस्करी प्रकरणमा वीरगन्जका व्यवसायी राजु द्वावर पक्राउ परेका छन्। गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समितिले द्वावरलाई सोमबार होटल अन्नपूर्णमा छोराको विवाह पार्टीबाटै पक्राउ गरेको हो।
हुन्डी र सुन तस्करीमा समातिएका आरोपीले उनको नाममा बयान दिएपछि समितिले उनलाई आवश्यक सोधपुछका लागि पक्राउ गरेको समितिका एक सदस्यले जानकारी दिए। तस्करीको सुन द्वावरले भारत पु¥याएर विक्री गरेको आशंका समितिको छ।
सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको समितिले व्यपारी द्वावरमाथि अनुसन्धान भइरहेको बताएको छ। सोमबार छोराको विवाहको पार्टीमा व्यस्त रहेकै अवस्थामा गृह मन्त्रालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा सक्रिय रहेको छानबिन समितिको निशानामा अहिले व्यापारी परेका छन्। तस्करीको सुन खरिद गर्नेले भारत लगेर बेच्ने गरेको खुलेपछि उनीहरु छानबिन समितिको फन्दामा परेका हुन्।
यसअघि समितिले वीरगञ्जकै व्यापारी सञ्जय खेतान भनिने प्रविण अग्रवाल, रेस्टुरेन्ट व्यवसायी अकबर शाहलाई पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !