नाइजेरियाविरुद्ध लियोनेल मेसीको गोल
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्रतग समूह चरणको अन्तिम खेलमा लियोनेल मेसीले नाइजेरियाविरुद्ध अग्रता दिलाएका छन् ।
समूह डीको जित्नै पर्ने खेलमा मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने सम्भावना जीवितै राखेका हुन् ।
समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ ।
यतिले मात्रै नपुगेर क्रोएसियाविरुद्धको खेलमा आइसल्यान्ड पराजित हुनुपर्ने बाध्यतामा पनि अर्जेन्टिना छ । क्रोएसिया पराजित भएको खण्डमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस !