मुग्लिन-नारायणगढ सडकमा त्रासैत्रासको यात्रा

मुग्लिन-नारायणगढ सडकमा त्रासैत्रासको यात्रा

मुग्लिन : नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम रोकिएको छैन। कमजोर धरातलको कारण जुनसुकै समय पनि पहिरो खस्न सक्ने खतरा उत्तिकै हुँदा यात्रु पनि मनमा डरको भारी बोकेर हिँड्न बाध्य छन्। 

मंगलबार दिनभर पहिरो खसेर अवरुद्ध भएको दिउँसो खुले पनि राति फेरि पहिरो खसेपछि बुधबार बिहान साढे ६ बजेदेखि पूर्णरूपमा अवरूद्ध भएको थियो। करिब साढे पाँच घण्टाको प्रयासपछि दिउँसो १२ बजेदेखि दुईतर्फी सडक सुचारु भए पनि त्रास भने उत्तिकै छ।

मंगलबार पहिरो खसेको ठाउँबाट करिब पाँच सय मिटर नारायणगढतर्फको दूरीमा पहिरो खसेको थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार पहिरोकै कारण मंगलबार करिब १२ घण्टा अवरूद्ध भएको सडक दिउँसो पौने चार बजेबाट पूर्णरूपमा सुचारू भए पनि राति पानी परेपछि पुनः १२ बजेदेखि नै एकतर्फी मात्रै सञ्चालन भएको थियो। 

पहिरो खस्ने क्रम नरोकिएपछि बिहान साढे ६ बजेदेखि भने पूर्णरूपमै सडक अवरूद्ध भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। इच्छाकामना गाउँपालिका ५ चारकिलोस्थित टोपेखोलामा पहिरो खसेको हो। 

चारवटा एक्साभेटरको निरन्तर साढे ५ घण्टाको प्रयासपछि दुईतर्फी सवारी सञ्चालन गर्न सफल भएको उनले बताए। पहिरो हटाएपछि जाममा परेका सवारी साधन सञ्चालनमा आएका छन्। 

बाटोको अवस्था जोखिममुक्त भइनसकेकोले धैर्यता अपनाएर यात्रा गर्न प्रहरीले सवारी चालकहरूलाई अनुरोध गरेको छ। पहिरोकै कारण बाटा अवरूद्ध भएपछि नारायण्गढतर्फ आँपटारीसम्म र मुग्लिनतर्फ चुम्लिङटारसम्म सवारी जाम परेको थियो। तर, बुधबार खसेको पहिरो पूरै हटाउन नसकिएकाले पानी परे फेरी बग्न सक्ने प्रहरीले जनाएको छ।

‘सवारी चाप अत्याधिक भएकाले बाटो खुलाउने काम मात्रै गरेका छौँ,’ उनले भने, ‘सवारी आवागमन पूर्णरूपमा सहज भइसकेपछि मात्रै बाँकी पहिरो हटाउने योजनामा छौँ।’ कमजोर जमिन भएकाले अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेको उनले बताए। यात्रुहरूलाई बाटोको अवस्था बुझेर मात्रै यात्रामा निस्कन प्रहरीले अनुरोध गरेको छ। अत्यावश्यक रूपमा यात्रा गर्नुपरे वैकल्पिक मार्ग अपनाउन प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.