एसईईमा सहभागी दुई सय ५८ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एसईईमा सहभागी दुई सय ५८ विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

काठमाडौं : एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उर्तीण दुई सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ। 

एनसेलले गतवर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो। योजनाअन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरिरहेका विभिन्न ६९  इन्स्टिच्यूटमा अध्ययनरत दुई सय ५८ उत्कृष्ट विद्यार्थीलाई पाँच हजार राशीको आंशिक छात्रवृत्ति प्रदान गरेको हो।

२०७४ सालका एसईई परीक्षार्थीलाई लक्षितगर्दै ल्याइएको ‘पहिलो सिम’ योजनामा छात्रवृत्तका लागि उत्कृष्ट विद्यार्थी छनौट तथा छात्रवृत्ति प्रदान गर्नका लागि एनसेलले ब्रिज कोर्ष संचालन गर्दै आएका विभिन्न इन्स्टिच्यूटसँग सहकार्य गरेको थियो। 

एनसेलले पहिलो सिम योजना संचालन गर्दै एसर्ईई दिएका विद्यार्थीलाई ब्रिज कोर्ष अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको यो दोश्रो बर्ष हो। यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई विभिन्न ४२ वटा ईन्स्टिच्यूटमा तयारी कक्षामा अध्यनन गरेका एक सय २६ विद्यार्थीलाई आंशिक छात्रवृत्तिप्रदान गरेको थियो। 

माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा मिहेनत गरिरहेका विद्यार्थीको मिहेनत तथा उत्कृष्ट नतिजालाई सम्मान गर्ने उद्देश्य लिई पहिलो सिम योजनामा छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ। 

गतबर्षको चैत्र १९ देखि असार १८, २०७५ सम्म संचालनमा रहेको प्हिलो सिम योजनामा एनसेलले २०७४ सालका एसईई परीक्षार्थीका लागि मात्र एक रुपैयाँमा एनसेलको प्रिपेड सिमकार्ड, आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग सुविधा, ३० दिनसम्म निःशुल्क माइफाइभ सेवालगायत विशेष तथा सुलभ डेटा प्याक र हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको आकर्षक अफर उपलब्ध गराएको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.