आइपुग्यो निगमको दोस्रो वाइडबडी जहाज, हेर्नुस् फोटो

आइपुग्यो निगमको दोस्रो वाइडबडी जहाज, हेर्नुस् फोटो

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी नेपाल आइपुगेको छ। ए ३३०–२०० सिरिजको जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले 9N - ALZ कल साइन दिएको छ। जहाजको नाम 'मकालु' राखिएको छ।

यसअघि निगमले पहिलो पटक अन्नपूर्ण नाम दिइएको वाइडबडी ए ३३०–२०० सिरिजको जहाज यही असार १४ भित्र्याएको थियो। निगमले खरिद गरेका दुईवटा वाइडबडीमध्ये पहिलो जहाजले सोमबारमात्रै भारतको डिल्लीमा प्रुफिङ उडान गरेको थियो। उक्त जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारमा हुँदैछ।

दोस्रो वाइडबडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको टोली फ्रान्सको तुलुज पुगेका थिए।

नयाँ जहाजमा पनि पहिलो वाइडबडीमा जस्तै दुई सय ७२ सिट छन्। जसमा १८ वटा सांग्रिला (बिजनेस) क्लास र दुई सय ५६ वटा इकोनोमिक (साधारण) क्लासका सिट रहेको निगमले जनाएको छ। लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस क्लास, २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन्।

निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२/१२ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो।

नेवानिलाई २०७४ जेठ २८ मा ऋण दिने सहमति गरेसँगै जहाज आउने सुनिश्चित भएको थियो। नेवानिले खरिद गरेको वाइडबडी एउटा जहाजको मूल्य १० करोड ४८ लाख अमेरिकी डलर छ।

नेपालले सन् २०२० मा मनाउन लागेको ‘भिजिट नेपाल’ र पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास निगमले लिएको छ  नयाँ दुईवटा वाइडबडी जहाजले नियमित रूपमा उडान गर्न थालेसँगै अन्तर्राष्ट्रिय उडानमा अहिले रहेको ९ प्रतिशतको बजार हिस्सा १७ प्रतिशत पुर्‍याउने निगमले व्यवसायी योजनासमेत सार्वजनिक गरिसकेको छ।

अहिले निगम तेस्रो धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनीको रूपमा छ। दुईवटा वाइडबडी भित्रिएसँगै अबको केही महिनापछि नै निगम पहिलो नम्बरमा आउने दाबी गरेको छ। उक्त वाइडबडीको लक्ष्य युरोप, अमेरिका, जापान तथा कोरिया उडानतर्फ छ। तर पहिलो चरणमा जापान, कोरिया र साउदी तीन नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । तेस्रो जहाज आएपछि भने युरोप अमेरिका सिधा उडान भर्ने निगमले जनाएको छ।

हेर्नुस् फोटोहरूः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.