प्रवक्ता पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा

प्रवक्ता पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा पार्टीले नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै उक्त पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। 

प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर विप्लवको पार्टीले आन्दोलनको घोषणा गरेको हो।  

विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ। जसअनुसार साउन २५ देखि कोणसभाबाट सुरु भएको विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म छ।  विप्लवले  साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेका हुन्। 

‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं’, बुधबार सार्वजनिक नेकपाको विज्ञप्तिमा भनिएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.