एउटा डायरीको अभिलेखले अफ्ठेरोमा विप्लवका प्रवक्ता प्रकाण्ड

एउटा डायरीको अभिलेखले अफ्ठेरोमा विप्लवका प्रवक्ता प्रकाण्ड

बनेपा : संगठित अपराधमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूूर्व मन्त्री खड्बहादुर विश्वकर्मालाई जिल्ला अदालत काभ्रेमा दोस्रो पटक उपस्थित गराइएको छ । 

जिल्ला अदालत काभ्रेले आइतवार तीन दिनका लागि म्याद थप गरे पनि पुर्न सोमबार पनि अदालत उपस्थित गराई पुनः तीन दिनको म्याद थप गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का अनुसार काभ्रेको क्रसर उद्योगमा आक्रमण गरी क्षति पुर्‍याएको आरोपमा उनलाई प्रहरीले अनुसन्धानका लागि भन्दै आइतबार अदालतमा पेश गरेको थियो । सोमबार अदालत पुन पेश गर्दा तीन दिनको म्याद थप गरिएको हो । 

गत शुत्रवबार सर्वाेच्च अदालत परिसरबाटै उनी प्रक्राउ परेका थिए । ‘पक्राउ परेका उनलाई नमोबुद्ध नगरपालिका-६ स्थित ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोट गराएर चारवटा टिपर, दुईवटा एक्साभेटर र एउटा डोजरमा क्षति गरेको आरोपमा अनुसन्धानका लागि प्रक्राउ गरेका हौँ’, उनले । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डलाई फरार सूचीमा राखी खोजी गर्दैै आएको थियो । त्यसै घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लवका केन्द्रीय सदस्य कृष्ण धमला र मोहन कार्कीलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको थियो । 

प्रहरीले उनिहरु दुवैलाई संगठित अपराध निवारण ऐन २०७०को  दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट विध्वंश गर्ने गराएको आरोपमा मुद्दा दर्ता गरेको एसपी खड्काले जानकारी दिए । उनका अनुसार कानुन अनुसार तीन वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका कालिकोटको नरहरिनाथ गाउँपालिका–६ का विश्वकर्मा जबरजस्ती चन्दा असुली, तोडफोडको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले छाड्ने आदेश दिएलगत्तै भदौ १ गते नै उनी पक्राउ परेका थिए । 

प्रहरीले अनुसन्धानका क्रममा विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्ग लामाको क्रसर आगजनीबाट १० करोड भन्दा धेरै क्षति गराएको अभिलेख फेला पारेको थियो । गत वैशाख १ गते मध्यरातमा लामाको क्रसरमा आगजनीको जिम्मेवारी नेकपाले लिएको थियो । आगजनीपछि नेकपाका कार्यकताले हतियारसहित नाराबाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.