पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले २० जुन २०१६ मा नेपालगन्जमा अवस्थित सिक्टा सिँचाइ आयोजना निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो। सो आयोजनामा पप्पुले सम्झौताबमोजिम निर्माण कार्य नगरेको भनेर सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी थालेको छ।

कार्यालयले उक्त आयोजनामा सम्झौताबमोजिम काम नगरेको भनी सार्वजनिक खरिद ऐन, २०६३ को ६३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुरमा कालोसूचीमा राख्न लागेको हो।

 सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (५) बमोजिम कालो सूचीमा राख्न नपर्ने आधार÷प्रमाणसहित एक महिनाभित्र लिखित स्पष्टिकरण पेस गर्न कार्यालयले आदेश दिएको छ। उक्त आयोजन कोस्टल र पप्पु जेभीले ठेक्का लिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.