निर्मला हत्या प्रकरण : निर्दोषलाई हत्यारा बनाएको आरोप

निर्मला हत्या प्रकरण : निर्दोषलाई हत्यारा बनाएको आरोप

धनगढी : निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले दिलीपसिंह विष्टलाई सार्वजनिक गरेजस्तै फेरि अर्को निर्दोषी खडा गरिरहेको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ। धनगढीको ट्राफिक चौराहामा जम्मा भएका नगरवासीले र्यालीसहित मुख्यमन्त्री तथा गृहमन्त्रीको राजीनामा मागेका छन्।

मन्त्रिपरिषद कार्यालय आगडि प्रदर्शनकारीले अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए। ‘कञ्चनपुरका प्रदीप रावल र विशाल चौधरीलाई जबर्जस्ती अपराधी बनाएर सरकारले लाज ढाक्न खोजिरहेको छ’, आन्दोलनकारी राजबहादुर ऐरले भने।

प्रहरीकैअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रदीप र विशाल निर्मला हत्या भएका दिन प्रहरी हिरासतमा थिए। कञ्चनपुर प्रहरी कार्यालयमा विशाललाई १२ गते मात्रै बुवाको रोहवरमा छाडेको कागज छ भने प्रदीपलाई पक्राउ परेलगत्तै छोडेको उल्लेख छ। प्रदीप र विशाललाई केरकारपछि छाडेको बताएको प्रहरीले फेरि उनीहरूलाई हत्यारा हो भनी समातेकोप्रति कैलाली र कञ्चनपुरमा प्रहरीको व्यापक आलोचना भइरहेको छ।

मंगलबार धनगढीमा कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटमा निर्मलाको पोस्टरसमेत टाँसेका थिए। पछि टाँसिएका पोस्टर प्रहरीले च्यातेको थियो। प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयको गेटमा टायर बालेका र त्यसलाई निभाउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर भनाभनसमेत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.