मनास्लु क्षेत्र झल्काउने फोटो तथा वृत्तचित्र प्रदर्शनी

मनास्लु क्षेत्र झल्काउने फोटो तथा वृत्तचित्र प्रदर्शनी

काठमाडौं : गोरखाको मनास्लु क्षेत्रको पर्यटन प्रवदद्र्धन गर्न नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा फोटो प्रदर्शनी भएको छ। 

फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशीले विगत ११ वर्षदेखि हालसम्मको अवस्थाको बारेमा खिचेका तस्बिरको संग्रह ‘रहस्यमय मनास्लु’ नाम दिएर फोटो प्रदर्शनीमा राखिएको फोटोपत्रकार ङाखुशीले जानकारी दिए।

‘विगत ११ वर्षदेखि अहिलेसम्मको अवस्थाको प्रतिनिधित्व हुने खालका तस्बिर प्रदर्शनीमा राखिएका छन्’, उनले भने, ‘मनास्लु क्षेत्रको अत्यन्त महत्वपूर्ण तिब्बती संस्कार र संस्कृति झल्किने सँगै त्यहाको प्राकृतिक अवस्था, जनजीवन झल्किने साथमा वन्यजन्तु तथा वनसम्पदाको र मठमन्दिर, गुम्बा, माने, कने, छ्योर्तेन आदिको फोटो प्रदर्शनी गरेको हुँ।’ 

आरुघाटदेखि चुमभ्याली र लार्केपाससम्मको प्रतिनिधिमुलक तस्बिर प्रदर्शनीमा राखिएको उनले बताए।

मनास्लु क्षेत्रमा बिगतको भन्दा धेरै पर्यटक अट्न सक्ने क्षमता भएको हुँदा पर्यटक धेरैभन्दा धेरै भित्र्याउन मनास्लु क्षेत्रको प्रचारप्रसार गर्न फोटो प्रदर्शनी गरेको आयोजक लाक्पा डुण्डुप लामाले जानकारी दिए। 

‘सन् २०२० मा लोकप्रिय पर्यटन पदमार्ग क्षेत्र मनास्लुमा पर्यटक वृद्धि गर्ने उद्देश्यले मनास्लुको फोटो तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हुँ’, हालै सञ्चालनमा आएको फोरसिजन रिसोर्टका प्रोपाइटर समेत रहेका लामाले भने, ‘यही अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजनाले तयार गरेको १४ मिनेटको वृत्तचित्र पनि प्रदर्शन भयो। नुब्री फोरसिजन रिसोर्ट प्रालिको वेभसाइनको पनि लञ्च गरियो।’

कार्यक्रममा युएनडिपीका राष्ट्रिय निर्देशक रेनव मेयर, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, गाउँ पर्यटन मञ्चका उपाध्यक्ष दीपक दाहाल, मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामा, पर्यटन बोर्डका निमित्त महाशाखा प्रमुख बिमल शर्मा कँडेललगायत सहभागी भएको स्थानीय वीरबल घलेले जानकारी दिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.