३३ किलो सुन तस्करी प्रकरण : हरिशरण खड्का युएईबाट पक्राउ

३३ किलो सुन तस्करी प्रकरण : हरिशरण खड्का युएईबाट पक्राउ

काठमाडौँ : दुबई हुँदै नेपाल पठाइने अवैध सुनका लगानीकर्तामध्ये एकजना पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका हरिशरण खड्कालाई दुबई प्रहरीले केही दिनअघि पक्राउ गरेको हो । 

२० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले काठमाडौँको तिलग‌ंगबाट बरामद गरेको ३३ किलो सुनका लगानीकर्तामध्ये एकजनालाई खड्कालाई युएई प्रहरीले पक्राउ गरेको जानकारी इन्टरपोलका नेपाल प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए । 

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत् रेड नोटिस जारी गरेर खोजी गरिरहेको थियो । काभ्रेपलान्चोकका स्थायी बासिन्ददा खड्का लामो समय दुबईमै रहेर नेपालतर्फ सुन तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

वैदेशिक रोजगारीका क्रममा करिब १२ वर्षदेखि दुबईमै रहँदै आएका खड्का केही वर्षयता सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

डीआइजी नवराज सिलवाल सीआइबीको प्रमुख हुँदा २०७३ पुस २१ गते तिलगंगाबाट बरामद भएको साढे ३३ किलो सुनमा उनीसहितको लगानी रहेको खुलेको थियो । पछिल्लो पटक २०७४ फागुन पहिलो साता दुबईबाट तस्करी गरी ल्याएपछि काठमाडौँबाट गायब भएको अर्को साढे ३३ किलो सुनमा पनि उनीसहितको लगानी रहेको अनुसन्धानले देखाएको थियो । 

खड्काले नेपालस्थित सुन व्यवसायीहरुसँगको मिलेमतोमा तस्करी गर्दै आएका थिए । खड्काले दुबईबाट नेपाल सुन तस्करीका लागि हाल मोरङ कारागारमा रहेका मोरङकै उर्लाबारीका चूडामणि उप्रेतीसहितको समूहसँग साँठगाँठ गरेको तथ्य गृहमन्त्रालयको उच्चस्तरीय छानबिन समितिले पनि बाहिर ल्याएको थियो । 

खड्कासँगै इन्टरपोलबाट रेड नोटी जारी गरिएका अन्य केहीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि बेनु श्रेष्ठ र रमेश उप्रेतीलाई प्रहरील दुबईबाटै समातेको थियो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएका अन्य केही अभियुक्त अझै फरार छन् । 

सुन तस्करीमा जोडिएका सुनसरीका व्यापारी मोहनकुमार अग्रवाल अझै पक्राउ परेका छैनन् । त्यसैगरी चेतनाथ भण्डारी, मोहमद उस्ताम मियाँ, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, गोविन्दप्रसाद तिवारी, कृष्णगोपाल अग्रवाल र कृष्ण बस्नेतसहितलाई प्रहरीले पक्रन सकेको छैन । 

काठमाडौँबाट गायब भएको भनिएको साढे ३३ केजी सुन भारतको पश्चिब‌ंगालस्थित कोलकाताबाट भारतीय सुरक्षा निकाय र राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । तर त्यो सुनसँगै पक्राउ परेका दुई नेपालीबारेको अनुसन्धान पनि अहिलेसम्म अघि बढ्न सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.