काश्मिर हमलापछि समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन

काश्मिर हमलापछि समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौँः काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । 

स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् । 

मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओलीले काश्मिरमा आज भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । 

प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।

परराष्ट्रको विज्ञप्ति 

यसैबीच परराष्ट्र मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति निकाल्दै काश्मिरमा भएको चरमपन्थी हमलाको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रले कुनै पनि किसिमको आतंकवादी गतिविधि नेपालका लागि सह्य नहुने जनाएको छ । 

परराष्ट्र मन्त्रालयले काश्मिरमा भएको हमलामा मारिएकाहरू सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । परराष्ट्रले यो संकटको घडीमा नेपाल भारतको पक्षमा सदैव रहने पनि उल्लेख गरेको छ । 

Nepal Prime Minister KP Sharma Oli speaks to Prime Minister Narendra Modi and expresses condolences, concern and condemnation over #PulwamaAttack (file pics) pic.twitter.com/henzuXUZ9N

— ANI (@ANI) February 14, 2019

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.