बंगालमा सांसद महुआ मोइत्राको कार्यालयमा अण्डा प्रहार, भिडियो भाइरल
बंगाल : पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी) को पराजयपछि ममता बनर्जी पक्षका नेताहरूको समस्या कम हुने संकेत देखिएको छैन । हारपछि विभिन्न टीएमसी नेतामाथि अण्डा प्रहारका घटनाहरू भइरहेका छन्, जसको विषय अदालतसम्म पुगेको छ । यसैक्रममा बुधबार टीएमसी सांसद महुआ मोइत्राको बंगालस्थित कार्यालयमा अण्डा प्रहार गरिएको छ । घटनाका बेला महुआ कार्यालयभित्रै थिइन् । उनले यस आक्रमणको पछाडि भारतीय जनता पार्टी (भाजपा) को हात रहेको आरोप लगाएकी छन् ।
महुआले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै भनिन्, ‘गत एक घण्टादेखि भीड यहाँ जम्मा भएर अण्डा र तरकारी फ्याँकिरहेको छ, तर प्रहरी र सीआरपीएफ हेरेर मात्र बसेका छन् ।’ उनले सार्वजनिक गरेको भिडियोमा कार्यालय बाहिर ठूलो भीड जम्मा भएको देखिन्छ । उनीहरूको हातमा अण्डा, तरकारी र कालो झण्डा रहेको छ । भिडले लगातार कार्यालयतर्फ अण्डा र अन्य सामग्री प्रहार गरिरहेको देखिन्छ । भिडियोमा महुआले भनिन्, ‘हेर्नुहोस्, यहाँ के भइरहेको छ । प्रहरी केवल हेरेर बसेको छ । यो भाजपाको भीड हो । मैले डीजीपीलाई फोन गरेँ, तर प्रहरी र सीआरपीएफ दुवैले केही गरेका छैनन । म यही क्षेत्रकी सांसद हुँ र अहिले कार्यालयभित्रै छु ।’
कुणाल घोषमाथि पनि भएको थियो अण्डा प्रहार
अभिषेक बनर्जी पनि बनेका थिए निशाना
बंगालमा पराजयपछि भएको हिंसाका पीडितलाई भेट्न सोनारपुर पुगेका ममता बनर्जीका भतिजा तथा टीएमसी सांसद अभिषेक बनर्जीमाथि पनि भीडले अण्डा, ढुंगा र चप्पल प्रहार गरेको थियो । अभिषेकले आफूलाई ज्यान मार्ने प्रयास भएको आरोप लगाएका थिए । उनले प्रहरीको हेल्मेट लगाएर आफूलाई सुरक्षित राखेका थिए । यसअघि मदन मित्रा र सौमित्र बनर्जीमाथि पनि अण्डा प्रहारका घटना भइसकेका छन् ।
हालै पश्चिम बंगालका विद्यालयको मिड डे मिल (दिउँसोको खाजा) बाट अण्डा हटाइएको विषयमा पनि महुआ मोइत्राले आपत्ति जनाएकी थिइन् । उनले बंगालका बालबालिकाले सोयाबिन भन्दा अण्डा बढी रुचाउने बताउँदै अण्डा उच्चस्तरीय प्रोटिनको स्रोत भएको उल्लेख गरेकी थिइन् । कोलकाता नगर निगमका विद्यालयमा मिड डे मिल उपलब्ध गराउने जिम्मेवारी इस्कोनलाई दिइएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीलाई अण्डाको सट्टा पनिर, सोया, राजमा, दाल र दूध जस्ता शाकाहारी विकल्प उपलब्ध गराइनेछ । महुआले यस विषयमा प्रश्न उठाउँदै भनिन्, ‘अण्डा उत्कृष्ट गुणस्तरको प्रोटिन हो । सोया पनि राम्रो वनस्पति प्रोटिन हो, तर बालबालिकाले त्यसलाई खासै मन पराउँदैनन् । यदि यो सांस्कृतिक कारणले शाकाहारी भोजनलाई प्राथमिकता दिने प्रयास होइन भने यसको कारण के हो ?’
प्रतिक्रिया दिनुहोस !