अमेरिका-इरान अप्रत्यक्ष वार्ता सम्पन्न, कुन-कुन एजेन्डामा भयो छलफल ?

अमेरिका-इरान अप्रत्यक्ष वार्ता सम्पन्न, कुन-कुन एजेन्डामा भयो छलफल ?
सुन्नुहोस्

दोहा :  रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज'को सुरक्षा र रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने विषयमा केन्द्रित रहँदै अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको अप्रत्यक्ष वार्ता बुधबार सम्पन्न भएको छ। दुई हप्ताअघि घोषित अन्तरिम सम्झौताका बुँदाहरूमाथि नै छलफल केन्द्रित भए पनि दीर्घकालीन शान्तिका लागि कुनै ठोस प्रगति भएको संकेत भने देखिएको छैन।


कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूको अगुवाइमा दुवै पक्षसँग छुट्टाछुट्टै बैठकहरू गरिएका हुन्। केही दिनअघि मात्रै दुई देशबीच भएको जवाफी सैन्य हमलापछि यो कूटनीतिक प्रयास थालिएको हो।

वार्तामा अमेरिकी टोलीको नेतृत्व मध्यपूर्व मामिलाका विशेष दूत स्टिभ विट्कफ र डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गरेका थिए। तर, इरानका शीर्ष वार्ताकार—परराष्ट्रमन्त्री अब्बास अराघची र सभामुख मोहम्मद बगेर घालिबाफ भने बैठकमा सहभागी भएनन्। इरानका तर्फबाट प्राविधिक टोलीका प्रमुख एवं उप(परराष्ट्रमन्त्री काजेम गारीबाबादीले वार्ताको प्रतिनिधित्व गरेका थिए।

बैठकका जानकार स्रोतहरूका अनुसार वार्ता मुख्य गरी दुईवटा विषयमा केन्द्रित रहेको थियो । युद्ध सुरु हुनुअघि विश्वको एक-चौथाई तेल र तरल प्राकृतिक ग्यास व्यापार हुने यस जलमार्गलाई पुनः सुचारु गर्ने विषयमा छलफल भएको छ। गत साता मात्रै एक मालवाहक जहाजमाथि भएको आक्रमणपछि दुवै देशले एकअर्कामाथि जवाफी हमला गरेका थिए। इरानले आगामी अगस्टको मध्यदेखि यस जलमार्गमा कर उठाउने अडान राख्दै आएको छ।


त्यस्तै अर्काे विषय अमेरिकाद्वारा रोक्का गरिएको इरानको ६ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने विषयमा पनि प्राविधिक टोलीबीच संवाद भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने विषयमा प्रगति भइरहेको दाबी गरेका छन्। उनले भने, 'इरानको निशस्त्रीकरण राम्रो दिशामा अघि बढिरहेको छ। उनीहरूबीच राम्रो बैठक भएको छ, हेरौँ के हुन्छ।'

यद्यपि, स्रोतहरूका अनुसार यो बैठक विशुद्ध प्राविधिक प्रकृतिको भएकाले यसमा आणविक मुद्दामाथि कुनै छलफल नै भएन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आणविक मुद्दामा पछि मात्र कुरा हुने स्पष्ट पार्दै भने, 'निश्चय नै हामी आणविक मुद्दाप्रति चिन्तित छौँ र यसबारे चाँडै कुराकानी सुरु गर्नेछौँ।'

ह्वाइट हाउसले कतारमा भएको वार्तालाई 'उच्च-स्तरीय' वार्ताको रूपमा प्रचार गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र शीर्ष दूत स्टिभ विट्कफ बैठकका सत्रहरूमा सहभागी नभएको स्रोतले जनाएको छ। इरानी टोलीको नेतृत्व भने उप-परराष्ट्रमन्त्री काजेम गारीबाबादीले गरेका थिए। दुवै पक्षले आफ्ना पुराना मतभेदहरू समाधान भए-नभएकोबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्।

कतारको परराष्ट्र मन्त्रालयले गत जुन महिनामा युद्ध रोक्न गरिएको प्रारम्भिक सम्झौताका बुँदाहरूमा सकारात्मक प्रगति भएको जनाएको छ। मन्त्रालयका प्रवक्ताका अनुसार, अमेरिकी-इजरायली आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आगामी जुलाई ९ मा हुने अन्त्येष्टि प्रक्रिया सकिएपछि मात्रै अब अर्को चरणको बैठक बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.