चीनले जापानमाथि लगायो ‘लापरवाह सैन्यवाद’ को आरोप, पछिल्लो तनाव के हो ?

चीनले जापानमाथि लगायो ‘लापरवाह सैन्यवाद’ को आरोप, पछिल्लो तनाव के हो ?
सुन्नुहोस्

चीन : टोकियो र बेइजिङबीचको सम्बन्ध दोस्रो विश्वयुद्धपछि कहिले सुधारिने र कहिले बिग्रिने गर्दै आएको भए पनि, यो हप्ता भने सम्बन्ध स्पष्ट रूपमा नयाँ न्यूनतमस्तरमा पुगेको देखिएको छ । चीनले जापानले ‘नयाँ प्रकारको सैन्यवाद’ पछ्याइरहेको आरोप लगाउँदै ४० जापानी कम्पनीमाथि डुअल–युज (सिभिलियन/मिलिटरी दुवै प्रयोजनमा प्रयोग हुने) वस्तुहरूमा नयाँ निर्यात नियन्त्रण लागू गरेको छ ।

यो कदम त्यतिबेला आएको हो जब जापानले चिनियाँ र रुसी बमवर्षक विमानहरू आफ्नो हवाई सीमाको नजिक संयुक्त अभ्यास गरेको भन्दै विरोध जनाएको थियो । साथै, चिनियाँ कोस्ट गार्ड आफ्नो विशेष आर्थिक क्षेत्रभित्र प्रवेश गरेको दाबी पनि जापानले गरेको थियो । यसैबीच जापानले आफ्नो पूर्वी टापुमा मिसाइल लन्चरहरू तैनाथ गर्ने घोषणा पनि गरेको छ ।

के हो पछिल्लो तनावको कारण ?

नोभेम्बर २०२५ मा, पदभार सम्हालेको तीन हप्ता पनि नबित्दै, जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि आक्रमण भएमा र त्यो जापानका लागि ‘अस्तित्वगत खतरा’ बनेमा जापानका आत्मरक्षा बलहरू परिचालन हुन सक्ने बताएकी थिइन् । उनको भनाइ जापानको आधिकारिक नीतिसँग फरक थिएन, तर विगतमा जापानी नेताहरूले ताइवानमा सम्भावित सैन्य संलग्नताबारे यति स्पष्ट टिप्पणी गर्नबाट बच्ने गरेका थिए ।

बेइजिङले तुरुन्तै कडा प्रतिक्रिया दियो । उसले ताकाइचीमाथि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगायो र आर्थिक प्रतिबन्धहरू लागू गर्‍यो । साथै, कूटनीतिक बैठकहरू रद्द गरियो र चिनियाँ नागरिकहरूलाई जापान यात्रा नगर्न सुझाव दिइयो । उडानहरू घटाइएका छन्, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान रोकिएका छन् र जापानी समुद्री खानाको आयातमाथिको प्रतिबन्ध पनि कायम छ ।

किन छ चीन–जापानबीच ऐतिहासिक तनाव ?
दुवै देशबीचको तनावको ऐतिहासिक जरा गहिरो छ । चीनले जापानद्वारा दोस्रो विश्वयुद्धताका गरिएको आक्रमण र कब्जालाई अझै पनि संवेदनशील ऐतिहासिक घाउका रूपमा हेर्छ । बेइजिङको विश्वास छ कि टोकियोले त्यो युद्धकालीन क्रूरताका लागि पर्याप्त रूपमा माफी मागेको छैन । यद्यपि जापानी प्रधानमन्त्रीहरू, मन्त्रीहरू र सम्राटहरूले धेरैपटक माफी र पश्चाताप व्यक्त गरेका छन्, चीनको दृष्टिमा त्यो पर्याप्त छैन । यसैबीच, युद्ध अपराधका लागि दोषी ठहरिएका व्यक्तिहरूलाई श्रद्धाञ्जली दिने यासुकुनी मन्दिरमा जापानी नेताहरूको भ्रमणले पनि विवाद थप्ने गर्छ ।

के जापान ‘नियो–मिलिटरिज्म’ तर्फ जाँदैछ ?
चीनको बढ्दो सैन्य दबाब र अमेरिकाको समर्थनबारे अनिश्चितताले जापानलाई आफ्नो रक्षा क्षमता बढाउन प्रेरित गरेको छ । यस वर्ष जापानले आफ्नो रक्षा बजेट करिब ९.४ प्रतिशत वृद्धि गरेर करिब ५८ अर्ब डलर पुर्‍याएको छ र जीडीपी को २ प्रतिशत खर्च गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।
जापानको शान्तिवादी संविधान (दोस्रो विश्वयुद्धपछि अमेरिकाद्वारा लागू गरिएको) संशोधन गर्ने विषय लामो समयदेखि सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारको लक्ष्य रहँदै आएको छ ।

चीनले जापानको तुलनामा ठूलो रक्षा बजेट खर्च गर्छ (करिब २७५ अर्ब डलर), तर जनसंख्याका कारण प्रति व्यक्ति खर्च कम देखिन्छ । तर धेरै विश्लेषकहरू चीनले आफ्नो वास्तविक सैन्य खर्च कम देखाउने गरेको विश्वास गर्छन् ।

व्यापार र सम्भावित समाधान
तनावले व्यापारमा असर पारेको छ । चीनले रेयर अर्थ निर्यातमा प्रतिबन्ध लगाएको छ र केही जापानी नागरिकहरूलाई नियम उल्लंघनको आरोपमा पक्राउ पनि गरेको छ । चीनमा जापानी चलचित्रहरूको प्रदर्शन रोकिएको छ र चिनियाँ पर्यटकहरूको जापान भ्रमण पनि घटेको छ । तर दुवै देशबीचको व्यापार अझै पनि ठूलो छ-सन् २०२५ मा करिब ३२२ अर्ब डलर ।

यही आर्थिक निर्भरताले तनावलाई पूर्ण रूपमा नियन्त्रण बाहिर जान नदिन सक्ने विश्लेषण छ । आगामी दिनमा कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासस्वरूप, एशिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा ताकाइची र चीनका राष्ट्रपति सी जिनपिङबीच भेट हुने अपेक्षा गरिएको छ । तर चिनियाँ अधिकारीहरूले ताकाइचीलाई ताइवानसम्बन्धी आफ्नो भनाइ फिर्ता लिन दबाब दिइरहेका छन्, जुन उनले गर्न अस्वीकार गर्ने सम्भावना बढी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.