भारत सरकारलाई प्रतिपक्षीको प्रश्न : कश्मीर हमला हुँदा अजित डोभल के गरिरहेका थिए ?

भारत सरकारलाई प्रतिपक्षीको प्रश्न : कश्मीर हमला हुँदा अजित डोभल के गरिरहेका थिए ?

नयाँदिल्ली : कश्मीरको पुलवामामा भएको हमलापछि प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री तथा सरकारी अधिकारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । घटनामा उनीहरु घटनाप्रति संवेदनशील नभएको उनीहरुको गुनासो छ ।

पाकिस्तानलाई सवक सिकाउन सरकारले नसकेको, बरु सरकारी औपचारिक कार्यक्रम गर्दै हिँडेको भन्दै प्रतिपक्षी नेताहरुको भनाइ छ । पश्चिम बंगाल मुख्यमन्त्री ममता बनर्जी तथा कांग्रेसका नेता शरद पावरले प्रधानमन्त्री मोदीप्रति असन्तुष्ट व्यक्त गरे । ‘यो देखेर म दुखी छु कि, कश्मीरको गम्भीर घटनापछि पनि प्रधानमन्त्री सरकारी प्रोजेक्ट उद्घाटन गरिरहेका छन् । यस्तो अवस्थामा सरकारी कार्यक्रम स्थगित गर्नुपथ्र्यो । के केवल राजनेताहरुको मृत्युमा मात्रै शोक मनाउने हो ?,’ मुख्यमन्त्री ममताले सोधिन्, ‘म ७२ घण्टाको राष्ट्रिय शोकको माग गर्छु । केन्द्रले तीन दिन शोकको घोषणा किन गरेन ?’


डोभलमाथि पनि प्रश्न
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमाथि पनि ममताले प्रश्न उठाएकी छन् । उनले भनेकी छन्, ‘हामी यो घटनाको साथमा कुनै पनि किसिमको राजनीति गर्न चाहन्नौँ । यसबारे हामीले केही भनेनौँ पनि । हामी सबै देशबासीको पक्षमा छौँ । तर खासमा त्यहाँ भएको के हो भनेर जान्ने अधिकार हामीलाई छ । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल के गरिरहेका थिए ? हमलाअघि हामीलाई यसबारे कुनै पनि जानकारी दिइएन । आखिर यति धेरै जवानको मृत्यु भयो । यो मेरो भन्दा पनि आम जनताको हो ।’


घटनापछि मोदीले केही प्रोजेक्टको उद्घाटन गरे
प्रधानमन्त्री मोदीले कश्मीर हमलाको एक दिनपछि अर्थात् शुक्रबार नै उत्तर प्रदेशको झाँसीमा डिफेन्स करिडोर सहित केही परियोजनाको उद्घाटन गरेका थिए । उनले दिल्लीबाट बनारसको लागि चल्ने बन्दे भारत एक्सप्रेसको लागि हरियो झण्डा देखाएर उद्घाटन समेत गरे । प्रधानमन्त्रीले महाराष्ट्रका केही ठाउँमा केही योजनाको सुरुवात पनि गरेका थिए ।

‘सत्तामा आउनुअघि मोदी मनमोहनमाथि प्रश्न गर्थे’
नेता शरद पवारका अनुसार मोदी सत्तामा आउनुअघि यस्ता प्रश्न तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहमाथि गर्थे । पवारले भनेका छन्, ‘मलाई के याद छ भने प्रधानमन्त्री मोदी सत्तामा आउनुअघि चुनावी र्यालीमा मनमोहन सरकार पाकिस्तानलाई सवक सिकाउन सकेन भन्दै आलोचना गर्थे । मोदी मनमोहन सरकारको कुनै योग्यता नरहेको भन्दै आलोचना गर्थे । आज त के देखियो ? तर म त्यही माग गर्दिन जुन माग मोदीले त्यसबेला गरेका थिए ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.