पाकिस्तानलाई पूर्वराष्ट्रपतिको सुझाव : भारतसँग नलड, ध्वस्त भइएला !
यूएई : कश्मीर हमलासँगै भारत र पाकिस्तानबीच राजनीतिक तनाव बढिरहँदा पाकिस्तानी पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफले यो द्धन्द्धलाई मत्थर पार्नुपर्ने आशय सहित अभिव्यक्ति दिएका छन् ।
यूएईमा एक पत्रकार सम्मेलन गर्दै उनले भारतलाई थप उत्तेजित पार्न नहुने अभिव्यक्ति दिए । यसमा पाकिस्तान स्यवं पनि स्ंयमित हुनुपर्ने उनको तर्क छ ।
मुसर्रफले प्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै भनेका छन्, ‘भारतसँग नलड, नत्र ध्वस्त भइएला, तिमी एक मिसाइल हानौला उसले २० मिसाइल हान्न सक्छ !’
दुई देशबीचका नेताहरुबाट परमाणु बम हमला गर्नेसम्मको अभिव्यक्ति आइरहँदा पाकिस्तानी पूर्व सैनिक प्रमुख समेत रहेका मुसर्रफले संयमित अभिव्यक्ति दिएका हुन् । पाकिस्तानमा भ्रष्टाचार अभियोग लागेपछि यूएईमा रहँदैआएका पूर्वराष्ट्रपति मुसर्रफले पाकिस्तानको राजनीतिक माहोल सुध्रिएको खण्डमा पाकिस्तान फर्कने बताउँदैआएका छन् ।
-दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस !