आईपीएल : मुम्बईमाथि दिल्लीको सानदार जित

आईपीएल :  मुम्बईमाथि दिल्लीको सानदार जित

मुम्बई :  इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको आइतबार राति खेलिएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्समाथि ३७ रनको सहज जित हासिल गरेको छ। टस हारी पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २०  ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो। 

जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले भने १९.२ ओभरमा अलआउट हुनुअघि १७६ रनमात्र बनाउन सक्यो। पहिले ब्याटिङ गरेको दिल्लीका लागि विकेटकिपर ब्याट्सम्यान रिसव पन्तले आक्रामक पाली खेल्दै अविजित ७८ रनको योगदान गरे। उनले केवल २७ बलको सामना गरी ७ छक्का र ७ चौका प्रहार गरे। उनी म्यान अफ दी म्याच बन्न सफल भए। 

दिल्लीका लागि कोलिन इन्ग्रामले पनि ४७ रन बनाए। उनले ३२ बलमा एक छक्का र सात चौका प्रहार गरे। ओपनर शिखर धवनले पनि टोलीको खातामा ४३ रन थपे। उनले ३६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। उनले ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरेका थिए।

मुम्बईका लागि क्रुनाल पाण्डेयले १५ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३२ तथा ओपनर क्विन्टन डी ककले १६ बलमा एक छक्का र चार चौकाको मद्दतले २७ रन जोडे। मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन दिल्लीका बलर इशान्त शर्मा र कागिसो राबडाले दुई÷दुई विकेट लिए।

नेपाली युवा बलर सन्दीप लामिछाने पनि दिल्लीबाटै खेल्छन्। यद्यपी, आइतबारको खेलमा सन्दीपलाई खेलाइएको थिएन। अघिल्लो सिजन पनि सन्दीपले दिल्लीबाटै खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्।

यसअघि आइतबार नै खेलिएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो। कोलकाताले १९.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्धको अवधि पुरा गरेर पहिलो पटक आईपीएलमा फर्किएका अस्ट्रेलियन खेलाडी डेभिड वार्नरले हैदराबादका लागि ५३ बलमा तीन छक्का र नौकाको मद्दतले ८५ रन बनाएका थिए। तर, उनको त्यो योगदान टोलीलाई काम लागेन।

खेलका क्रममा बल टेम्परिङ (बल बिगारेको) गरेको आरोपमा वार्नरमाथि प्रतिबन्ध लगाइएको थियो। कोलकाताको जितमा नितिस राणाले ६८ र आन्द्रे रसेलले अविजित ४९ रनको योगदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.