चोकचोकमा राहत, भित्री गाउँका पीडितले त्रिपाल पनि पाएनन्

चोकचोकमा राहत, भित्री गाउँका पीडितले त्रिपाल पनि पाएनन्

वीरगन्ज : हावाहुरीले तहसनहस पारेपछि मिनदेवी बिन आठजनाको परिवारसहित प्लाष्टिक बोराको ओतमा बसेको तीन रात भइसक्यो। बुधबार दिउँसो त्यही प्लाष्टिकको बोराको ओतमा भेटिएकी मिनादेवीले दुःख पोखिन्। 

‘अहिलेसम्म एउटा त्रिपाल पनि मेरो हातमा परेको छैन’, उनले भनिन्, ‘घरभित्र पुरिएको थोत्रो बोरा टाँगेर बालबच्चा राखेकी छु।’ हुरीले सबै भन्दा बढी क्षति पुर्याएको भरवलीया गाउँमा मंगलबारदेखि नै राहत पुगेको छ तर, मिनादेवीको गाउँमा भने बुधबार अपरान्हसम्म पनि केही राहत पुगेको छैन। 

राहत बाँड्न गाउँमा आउनेले सडक छेउछाउका प्रभावितलाई दिँदै हिँडेकाले भित्री गाउँ र टोलका पीडित छुटेको उनको भनाइ छ। हुरीले भरवलीया गाउँका सडक छेउछाउका भन्दा भित्री टोलमा बढी क्षति पुर्याएको छ। राहत बाड्ने गाडी गाउँमा छिर्न नपाउँँदै बाटोमा घर भत्किएकाहरुले तछाडमछाड गरेर लाने गरेको उनले गुनासो गरिन्। 

‘हामी गाडीसम्म नपुग्दै भिडले गाडी रित्याई सकेको हुन्छ’, उनले भनिन्। मिना देवीकै छिमेकी ललितादेवी बैठाको परिवारको हालत पनि उस्तै छ। ‘राहत बाड्न आउँनेको नजर भित्री टोलमा अहिलेसम्म पर्न सकेको छैन’, ललीतादेवीले भनिन्।
 
खाना भने चोकमा विभिन्न संस्थाले चलाएको मेसमा बिहान बेलुका खाने गरेको उनले सुनाइन्। ‘खाना मेसमा खान्छौँ, सुत्न बस्न भने समस्यै समस्या छ’, उनले भनिन्।  

जिल्ला प्रशासन कार्यालय बाराले गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार फेटा गाँउपालिका–१ भरवलियामा मात्रै हुरीले एक सय ३० घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ। ६० घरमा आंशिक क्षति पुगेको छ। 

पीडितलाई चिउरा, भुजा, चाउचाउ, विस्कुट, फ्रुटीलगायतका खाद्यान्न बोकेर पर्सा र बाराका मात्र नभइ देशका विभिन्न जिल्लाबाट दाता घटनास्थलमा पुगेका छन्। 

राहत वितरण गर्न पुगेकाले घर भत्किएका परिवारका लागि त्रिपाल, म्याट, झुल र जस्तापाता वितरण गरिरहेका छन्। यद्यपी रातह वितरण व्यवस्थित नहुँदा कतिपय पीडित राहतबाट बन्चित भएका हुन्। 

स्थानीय श्रीलाल मुखिया बिनले आफ्नो परिवारले राहतको नाममा चिउरा र बिस्कुट मात्रै पाएको बताए। ‘त्रिपाल, झुल मैल केही पनि पाएको छैन’, उनले भने, ‘जो बोल्ने, बलियो छ उसको परिवारका तीनतीन जनासम्मले त्रिपाल र झुल ल्याएका छन्।’ 

छिमेककै पुरैनिया गाउँमा सेनाले पीडितका लागि टेन्ट बनाइसकेको छ। तर पुरैनीयामा भन्दा बढी भौतिक क्षति भएको भरवलीया गाउँमा भने बुधबार अपरान्हसम्म सेना पुगेको छैन। 

फेटा गाउँपालिका १ का वडा अध्यक्ष जयप्रकाश दासले राहत वितरण व्यवस्थित हुन नसकेको स्वीकार गरे।

एकद्वार प्रणाली अपनाएर राहत वितरणको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो उनको छ। 

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकार गरे। उनले राहत वितरण गर्नेलाई जिल्ला विपद् व्यवस्थापन समितीमार्फत् माात्र जान सुझाव दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.