कोरियाको श्रम बजारमा नेपाली युवालाई प्राथमिकता : राजदूत सिक

कोरियाको श्रम बजारमा नेपाली युवालाई प्राथमिकता : राजदूत सिक

काठमाडौं : श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीले आर्थिक गतिविधि बढेको भए पनि सामाजिक मूल्य घटाएको बताएका छन्। अंकुर नेपाल नामक संस्थाले मंगलबार राजधानीमा आयोजना गरेको कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीले पैसाको हिसाब दिएको तर सामाजिक मूल्यको हिसाब नदिएको बताए।

अहिले रेमिट्यान्स र आर्थिक हिसाब देखिएको भए पनि अबको १० देखि १५ वर्षमा नेपालले थेग्नै नसक्ने गरी सामाजिक विकृति भित्रने दाबी मन्त्री विष्टले गरेका छन्। उनका अनुसार वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सको ९० प्रतिशत रकम उपभोग्य वस्तुमा खर्च हुने गरेको छ।

नेपालमा हाल कोरियाबाट आउने रेमिट्यान्स सबै बैंकिङ प्रणालीबाटै भित्र्याउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने भनाइ मन्त्री विष्टको छ। उनले भने, ‘नेपाली युवा शक्तिले ल्याएको पैसाको सदुपयोग गर्ने, विदेशबाट सिकेर आएको सीपको उचित प्रयोग र अनुभवलाई प्रभावकारीरूपमा लगाउन सकियो भने त्यसले दिने सन्देश सकारात्मक हुनेछ।’

नेपालले कोरियाली सरकारसँगको साझेदारीमा काम गर्दै जानेछ। यसका लागि नेपालले आवश्यक कानुन तथा नीतिलाई समयानुकूल संशोधन गर्दै गइरहेको जानकारी विष्टले दिए। नेपालले आर्थिक समृद्धिमा दातृ निकायको सहयोग निकै प्रभावकारी भएको छ। पछिल्लो समय नेपाल र कोरियाबीचको सम्बन्धले आर्थिक विकासमा थप सहयोग पुग्ने बुझाइ पनि उनको छ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताए । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उनको भनाइ थियो।

दक्षिण कोरिया सरकारले सन् २००८ देखि नेपाली युवालाई कोरियाको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ। सन् २००७ मा नेपाली कामदारलाई कोरियामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो। हालसम्म दक्षिण कोरियामा ६३ हजार नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन्।

कार्यक्रममा अर्थशास्त्री विश्व पौडेलले नेपालको विकासमा विदेशबाट आउने रकम प्रभावकारी हुँदै जाने बताए। विदेश काम गर्न जाने कामदारले पठाएको रकम सुरुसुरुमा अनुत्पादक क्षेत्रमा खर्च भएको भए पनि त्यसको प्रयोगले उत्पादन क्षेत्रलाई सहयोग पुर्‍याउँछ।

अन्तर्राष्ट्रिय अभ्यास पनि मेसिनरी सामान र अन्य घरायसी सामानमा नै पहिलो आकर्षण हुन्छ। त्यसपछि ति मेसिनले उत्पादन गर्दै जाने गर्दा विस्तारै विदेशमा आयात कम हुँदै जान्छ। कपडा बनाउने मेसिन आयात भएपनि त्यसले कपडा बनाएर बजारमा पठाएपछि आयात घटाउन सहयोग पुर्‍याउने गर्छ। पौडेलका अनुसार औजार आयात भएपछि त्यसले उत्पादन बढाउनुपर्छ र बढाउँछन्। उत्पादन बढ्छ भने बजारमा आउने सामग्रीको एक चरण आयात बढ्नुलाई स्वाभाविक मान्नुपर्ने भनाइ पनि पौडेलको छ।

यस्तै कार्यक्रममा एचआरडी कोरियाका निर्देशक पार्क सुङ हिले कोरियामा नेपाली कामदार जाने र कम्पनीले छनोट गर्ने प्रक्रियासहितका विषयमा प्रस्तुतीकरण दिइन्। उनले कोरियाली सरकारले अवैध कामदार रोक्न र साना उद्योगमा आवश्यक जनशक्ति आपूर्तिका निम्ति विदेशी कामदार लिन थालेको बताइन्।

एसियन कल्चरल सेन्टर कोरियाका डिन किम योङ कुलकले नेपाली कामदारलाई काम गर्ने वातावरण बनाउने र रोजगारदाताले पनि सहजीकरण गर्नुपर्ने बताए। कोरियामा नेपाली कामदारको मृत्यु बढ्नुलाई उनले कामदारको काम गर्ने सहज वातावरण नहुनु र रोजगारदाताले पनि सहजीकरण नगरेकोसहितका विषयलाई उजागर गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.