५० हजार घुससहित अधिकृत पक्राउ
हेटौंडा : घुससहित एक अधिकृत पक्राउ परेका छन्। प्रदेश ३ को उद्योग वाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
५० हजार घुस रकमसहित उनलाई हेटौंडास्थित कार्यालयबाट आइतबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रवक्ता देवकुमार राईले बताए।
उनलाई उद्योग दर्ताको आइईई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको राईले जानकारी दिए। घुस रकमसहित पक्राउ परेका अमात्यमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !