हात भाँच्नेलाई कारबाही हुन्छ : मन्त्री बाँस्कोटा
काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्नेलाई कारबाही हुने बताएका छन्।
बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। तर, छानबिन नगरी फैसला नहुने उनको दाबी छ। ‘हात भाँचेको भए कारबाही हुन्छ। भाँचिएको भए कसले भाँचेको छानबिन हुनुपर्छ’, उनले भने, ‘आवश्यक छानबिनपछि नेकपा कार्यकर्ता होस् या कांग्रेस अन्यायपूर्ण व्यवहार हुँदैन।’
उनले नेकपा हुनसाथ कानुनी उन्मुक्ति नहुने बताए। तर, छानबिन नगरी विश्वास भने गर्न नमिल्ने उनको भनाइ छ। ‘छानबिन गर्नुअघि नै फैसला गर्ने कुराको सरकारले विश्वास गर्न मिल्दैन। हाम्रा निकायहरु छन्। उनीहरुले छानिब गर्छन्’, उनले भने, ‘ पहिला त दोषी ठहरिनुप¥यो नि ! त्यसपछि न कारबाही हुन्छ। छानबिन नगरी घटनामा को संलग्न छ ? भन्ने कुराको नपुष्टि भई आरोप लाग्दैमा समात्न मिल्दैन।’
प्रतिक्रिया दिनुहोस !