सेनाले किनेको तीन अर्ब बढीको कार्गो जहाज काठमाडौं आउँदै

सेनाले किनेको तीन अर्ब बढीको कार्गो जहाज काठमाडौं आउँदै

काठमाडौं :  नेपाली सेनानले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आउँदैछ। 

नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो।बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार दिउँसोसम्म काठमाडौंमा अवतरण गर्ने जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डे अन्‍नपूर्ण अनलाइनसँग बताए। 

सैनिक प्रवक्ता पाण्डेका अनुसार उक्त विमान इन्डोनेसियाको  सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो। उक्त जहाजको मूल्य करिब साढे तीन अर्बको हाराहारीमा रहेको छ।विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। 

सैनिक प्रवक्ता सहायक रथी पाण्डेले यो जहाज सबै प्रयोजनका लागि उपयोगी हुने बताए। खासगरी विपद्‍का बेलका आपतकालीन उद्धार र राहतका क्रममा यो जहाज प्रयोग हुनेछ। यसले आपतकालीन उद्धार र राहतको कामलाई सहज र प्रभावकारी बनाउने प्रवक्ता पाण्डे बताए। 

सेनासँग कार्गो प्रयोगजनका लागि दुईवटा स्काइ ट्रक रहेकोमा अहिले एउटा मात्रै संचालनमा छ र एउटा ग्राउन्डेड छ।  यो प्याराजम्पका लागि पनि यो जहाज प्रयोग गर्न सकिने छ। पहिले एभ्रो जहाज प्यारा जम्पका लागि प्रयोग हुँदै आएकोमा अहिले एभ्रो जहाज ग्राउन्डेड छ। उक्त जहाज विशेष विशिष्ट व्यक्तिहरुको उडान, मेडिभ्याक, मारिटाइम पेट्रोलका लागि प्रयोग हुनसकिने गरी बनाइएको छ। 

सेनासँग जहाज र हेलिकोप्टरी गरी २२ वटा हवाइ साधन रहेकोमा अहिले १० वटा संचालनमा छन् भने १२ वटा ग्राउन्डेड छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.