कराँतेको उत्कृष्ट पुनरागमन

कराँतेको उत्कृष्ट पुनरागमन

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सोमबार कराँतेमा सात स्वर्ण र दुई रजत पदक जितेको छ। कराँतेको स्पर्धा सोमबार नै सुरु भएको हो। पहिलो दिन नौ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अधिकांश पदक नेपालकै पोल्टामा पर्‍यो। यसअघि सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा कराँते खेल समावेश गरिएको थिएन।

जारी सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने खेल पनि बनेको छ, कराँते। नेपालका लागि मन्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक जितेका हुन्। प्रतियोगितामा उनले दोहोरो स्वर्ण पदक हात पारे। ३५ वर्षीय मन्डेकाजीले पहिले सिनियर पुरुष एकल कातामा स्वर्ण जिते। उनले फाइनलमा पाकिस्तानका खेलाडीलाई हराए। १३औं सागमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो।

त्यसपछि उनले पुरुष टिम कातामा पनि स्वर्ण पदक हात पारे। टिम कातामा मन्डेकाजीसँगै महसुस मोक्तान र प्रविण मानन्धर सहभागी थिए। पुरुष टिम काताको फाइनलमा नेपालले श्रीलंकालाई हराएको थियो। सातदोबाटोस्थित कराँते हलमा भएको खेलमा नेपालले महिला टिम कातामा पनि स्वर्ण पदक जित्यो। महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सुरु कार्की सहभागी थिए। महिला टिम काताको फाइनलमा नेपालले पाकिस्तानलाई हराएको थियो।

यसैगरी पुरुष कुमुतेको ५५ केजी तौलसमूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते। उनले फाइनलमा बंगलादेशका खेलाडीलाई हराए। ८५ केजी तौलसमूहमा नेपालका लागि विप्लबलाल श्रेष्ठले स्वर्ण पदक हात पारे। महिलातर्फको ४५ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी कुशुम खड्काले स्वर्ण पदक जितिन्। उनले फाइनलमा बंगलादेशकी प्रतिद्वन्द्वीलाई पाखा लगाइन्।

यसैगरी महिलातर्फको ५० केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक चुमिन्। उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई ८—० ले पराजित गरिन्। त्यसअघि उनी बंगलादेशकी खेलाडीलाई ८—० ले नै हराउँदै फाइनलमा पुगेकी थिइन्। पुरुष कुमुतेमा नेपालका दिवश श्रेष्ठ र महिल कातामा नेपालकी चञ्चला दनुवार भने फाइनलमा पराजित भए। फाइनलमा नेपालका यी दुबै खेलाडीलाई पाकिस्तानी खेलाडीले हराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.