विकास विरोधी तत्वहरुले एमसीसीको विरोध गरे : कमल थापा

विकास विरोधी तत्वहरुले एमसीसीको विरोध गरे : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्रिय सहमतीमै अघि बढाइएको बताएका छन्। शनिबार राप्रपाको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको बागमती प्रदेश स्तरिय श्रमिक भेलामा थापाले यस्तो बताएका हुन्।

‘नेपालको हितमा नै एमसीसी परियोजनामार्फत पाँच वर्षभित्र नेपालमा अर्बौ रुपैयाँ खर्च गर्ने सहमति भएको हो’ थापाले भने ‘तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला, प्रचण्ड हुँदै केपी शर्मा ओलीसम्म सबै सरकारहरुले यो अनुदान सहायता लिन प्रयास गरेका थिए।’

थापाले केपी ओलीको अघिल्लो सरकारमा आफु परराष्ट्रमन्त्री हुँदा अमेरिकाका विदेशमन्त्रीसँग समेत एमसीसीबारेमा छलफल भएको बताए। ‘नेपालको स्वाभिमान, स्वाधिनतामाथि एमसीसी सम्झौताले खलल पार्दैन’ उनले भने ‘अहिले विकास विरोधी तत्वहरुले विरोध गरेको मात्रै हो।’

साथै थापाले नेकपाभित्रको विवाद सदनमा देखिनु नहुने बताए। ‘सभामुख चयनमा ढिलाई हुनु हुँदैन’ उनले भने ‘सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.