‘एमसीसी खतराको विषय’
भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी नेपालका लागि खतरा भएको बताएका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिसँगको अन्तक्र्रियामा बिहीबार उनले देशलाई जोगाउने जिम्मा सांसदमा आएको बताए।
‘एमसीसी देशका लागि सबैभन्दा खतराको विषय हो, कसैले पैसा दिइरहेको छ भने किन दिइरहेको छ भन्ने कुरा पनि हुन्छ नि, कसैले त्यतिकै पैसा दिँदैन, सबै सचेत हुनुपर्छ’, उनले भने। टापुहरू भएका देश र बेलायतको उपनिवेशमा परिसकेका देश यसमा सहभागी रहेको बताउँदै उनले भारतमा पनि यसको विरोध भइरहेको जानकारी दिए। एमसीसीको विषयमा बुझेका नेताले यसको विरोध गरिरहेको र नबुझेका नेताले केही बोल्न नसकेको उनले बताए। यो सम्झौता विकासका लागि मात्र नआएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !