बाजुरामा भाइरल ज्वरोले दुईको मृत्यु

बाजुरामा भाइरल ज्वरोले दुईको मृत्यु

मार्तडी : जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुईजनाको मृत्यु भएको छ । भाइरल ज्वरोले मृत्यु हुनेमा सोही गाउँपालिका १ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको प्रहरीले जनाएक छ।

कडाराको मंगलबार मृत्यु भएको हो भने रावलको बुधाबार बिहान मृत्यु भएको १ का वडाअध्यक्ष जनकबहादुर रोकायलो बताएका छन्। कडाराको मंगरबार राती करिब ९ बजेतिर मृत्यु भएको हो । मृतकका घरका पाँचजना बिरामी परेको साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वृज विकले बताए ।

उनले भाइरल ज्वरो प्रभावित क्षेत्रका लागि साप्पाटा स्वास्थ्य चौकीबाट जोरुमा औषधिसहित स्वास्थ्य चौकीको टोली गएको जानकारी दिएका छन्। मृतकका घरमा भएका बिरामीको उपचार र गाउँका प्रत्येक घरमा भाइरल ज्वरोले थला परे/नपरेको सोधपुछ गर्दै उपचारका लागि ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी गएको वडाअध्यक्ष रोकायाले बताए।

उनले वडा नं.१ को पुरै सिंगो गाउँ भाइरल ज्वरोले थलापरे पछि स्वास्थ्य चौकीको टोली उक्त क्षेत्र पठाएको बताए। स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले शाखामा भएको औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । 

गाउँमा अधिकांश मानिस बिरामी परेकाले उपचारका लागि साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज विकको नेतृत्वमा टोली खटाइको छ । टोली भाइरल ज्वरो नियन्त्रण नआउँदासम्म स्वास्थ्य कर्मीको टोली सोही क्षेत्रमा उपचारका लागि बस्ने शाखा प्रमुख कैलाको भनाइ छ।

एक साताअघि हिमाली गाउँपालिका ६ धुलाचौरमा बोर्डिगंमा तीनजना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पुरै प्रभावित बनेको छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारले प्राविधिकसहित डाक्टरको टोली पठाइसकिएको प्रदेशसभा सदस्य बल्देब रेग्मीले बताए।

जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशी नेतृत्वको टोली धुलाचौरमा मंगलबार नै गइसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.