कोरोनाविरुद्ध जुट्न प्रधानमन्त्रीको निर्देशन : चीनबाट फर्किएका विद्यार्थीको व्यवस्थापन गर्नू
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणविरुद्ध निर्धारित कार्यायोजना अनुरुप जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशजन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारी सहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
सँगै प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ नेपाल ल्याएर गरिन उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्नसमेत निर्देशन दिएका छन् । ओलीले चीनबाट ल्याइने विद्यार्थी र अन्य नागरिकको व्यवस्थापनको सम्पूर्ण कार्य पूरा गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउनसमेत उनले बैठकमा निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए । 
प्रतिक्रिया दिनुहोस !