राष्ट्रियसभा गृहमा प्रचण्डलाई जुत्ता हानियो

राष्ट्रियसभा गृहमा प्रचण्डलाई जुत्ता हानियो

काठमाडौं  : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । भरत मोहन अधिकारी फउन्डेशन नेपालको कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ । उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन । पहिले पनि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड हानेका थिए ।

कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए । उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए । लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् । कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.