कोरोना अपडेट : युरोपमा डरलाग्दो अवस्था

कोरोना अपडेट : युरोपमा डरलाग्दो अवस्था

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । 

विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार कारोना भाइरसको कारण विश्वभर १ लाख ५३ हजार ६ सय ४८ भाइरस संक्रमित र ५ हजार ७ सय ४६ को मृत्यु भएको छ ।विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। चीनमा भाइरस संक्रमितको संख्या घटेको छ । तर अहिले भाइरस चीन बाहेक अन्य देशमा फैलिरहेको छ । 

विश्वका १ सय ४६ देशमा भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा अहिले कोरोना भाइरसको कारण दुईको मृत्यु र संक्रमित हुनेको संख्या १ सय ७ पुगेको छ ।

चीनमा ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ८१ हजार ४८ मानिसहरु संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा सुधार आएपछि आवतजावत खुकुलोे तथा उद्योग, कलकारखाना खुल्न थालेका छन् ।

यस्तै इटालीमा २१ हजार १ सय ५७ संक्रमित र १ हजार ४ सय ४१ को मृत्यु भएको पुष्टि भएको छ । चीनपछि भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अधिक हुनेमा इटाली दोस्रो देश हो । भाइरसले अहिले केन्द विन्दु बनाएको युरोपका तीन देशको तथ्यांक अनुसार भाइरसका कारण एकै दिनमा मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च भएको बताइएको छ । तेस्रो भाइरस प्रभावित हुने देश इरान हो । इरानमा १२ हजार ७ सय २९ संक्रमितमध्ये ६ सय ८ को मृत्यु भएको छ । बेलायतमा पनि एकै दिनमा भाइरस संक्रमित हुनेको संख्या सर्वाधिक पुगेको छ । कोरोनाबाट बेलायतमा ३५ पुगेको पुष्टि भएको छ । 

त्यस्तै स्पेन पाचौं भाइरस प्रभावित देश हो । भाइरस संक्रमण नियन्त्रणका लागि स्पेनले त्यँहाका नागरिकहरूलाई अत्यावश्यक सामग्री, औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । इरानमा अहिलेसम्म ६ सय ८ को मृत्यु भएको छ भने १२ हजार ७ सय २९ संक्रमित भएका छन् । 

विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार दक्षिण कोरियामा ८ हजार १ सय ६२, स्पेनमा ५ हजार ७ सय ५३, फ्रान्समा ४ हजार ४ सय ६९, जर्मनीमा ३ हजार ७ सय ९५, अमेरिकामा १ हजार ६ सय ७८, स्वीजरल्याण्डमा १ हजार ३ सय ५९, नेदरल्याण्डमा ९ सय ५९, बेलायतमा १ हजार १ सय ४४, डेनर्माकमा ८ सय २७, स्वीडेनमा ९ सय २४, नर्वेमा ९ सय ७, जापानमा ७ सय ८०, कतारमा ३ सय ३७, अष्ट्रलियामा २ सय ४९, मलेसियामा २ सय ३८, कुवेतमा १ सय १२, यूएईमा ८५, कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा पनि गरेको छ । चीनमा वुहानबाहिर थप नयाँ संक्रमित नदेखिएको कारण चीनले भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको हो । अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परिक्षण गर्न लागिएको छ । अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परिक्षण गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.