सेफाली माथि सनीको प्रभाव

सेफाली माथि सनीको प्रभाव

मुम्बई : बलिउड अभिनेत्री सनी लियोनी र उनका पति डेनियल विबरले सन् २०१७ मा महाराष्ट्रको लातुरबाट एक बच्चीलाई धर्मपुत्री बनाएका थिए। त्यसपछि २०१८ मा सनी सरोगेसीको माध्यमबाट जुम्ल्याहा छोराकी आमा बनिन्।

सनीले बच्चीलाई धर्मपुत्री बनाएकोबाट प्रभावित भएर ‘कान्टा गर्ल’ नामले परिचित ‘बिग बोस–१३’ की प्रतिस्पर्धी सेफाली जरिवालाले पनि एउटी छोरीलाई धर्मपुत्री बनाउने घोषणा गरेकी छन्।

सेफालीले एक अन्तर्वार्तामा भनिन्, ‘अभिनेत्री सनी लियोनीबाट प्रभावित भएर एउटी बच्चीलाई धर्मपुत्री बनाउन चाहन्छु। बिग बोस– १३ को घरमा मैले धर्मपुत्री लिनेबारे बताएको थिएँ। वास्तवमा म सनी लियोनीको छोरीलाई धर्मपुत्री बनाउने फैसलाबाट प्रभावित भएकी हुँ। म सधैं एउटी छोरीलाई धर्मपुत्री बनाउन चाहन्थे। जब परागससँग मेरो विवाह भयो तब हामी हाम्रो परिवार कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्दै थियौं। त्यतिबेला मैले आफ्नो चाहना व्यक्त गरेकी थिएँ। पराग पनि सपोर्टिभ थिए।’

उनले भनिन्, ‘दुनियाँमा धेरै बच्चा छन् जसलाई घरको आवश्यकता छ। म अहिले यस्तो अवस्थामा छु कि म उसलाई सुरक्षित जीवन दिन सक्छु। म उसलाई एउटा राम्रो घर, शिक्षा र एउटा सुखद जीवन दिन चाहन्छु किनकि भगवान्ले मलाई सबै कुरा दिएको छ। हामी एउटी बच्चीलाई धर्मपुत्री बनाउने प्रक्रियामा छौं। सबै ठीक भयो भने हामी छिट्टै आफ्नी प्यारी छोरी घर लिएर जानेछौं।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.