भारतीय सेना प्रमुखको दाबी : लिपुलेकमा कुनै विवाद छैन
नयाँदिल्ली : भारतीय सेनाका प्रमुख लिपुलेकबारे कुनै विवाद नरहेको दावी गरेका छन् ।
भारत सरकारले नेपाली भूमि अतिक्रमण गर्दै सडक निर्माण गरेपछि नेपालमा चर्को विरोध भइरहँदा भारतीय सेना प्रमुख जनरल एमएम नाराभनले यस्तो दावी गरेका हुन् । साथै उनले उक्त सडक भारतीय भूमिमै निर्माण गरेको पनि दाबी गरे ।
शुक्रबार नयाँदिल्लीस्थित कोभिड १९ महामारी नियन्त्रणबारे भारतीय सेनाको भूमिका सम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । चीनलाई समेत संकेत गर्दै उनले लिपुलेकस्थित त्रिदेशीय बिन्दुबारे विवाद नरहेको बताएका थिए । यसअघि भारत सरकार र अन्य राजनीतिज्ञले लिपुलेकको सडक भारतीय भूमिमै निर्माण गरिएको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !