औद्योगिक क्षेत्र र औद्योगिक ग्रामलाई दुई अर्ब ६४ करोड
काठमाडौं : औद्योगिक क्षेत्र र औद्योगिक ग्राम निर्माणका लागि सरकारले दुई अर्ब ६४ करोड रकम विनियोजन गरेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्न र एक सय ३० स्थानीय तहमा औद्योगिक ग्राम बनाउनका लागि दुई अर्ब ६४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
सरकारले विशेष आर्थिक क्षेत्र 'सेज' स्थापना पनि प्राथमिकता राखेको छ । धौवादी फलाम खानी स्थापना गरी आउँदो आर्थिक वर्षमा फलाम उत्खनन् गर्ने खतिवडाले बताए । पेट्रोलियम पदार्थ उत्खनन्, सुन, तामा खानी उत्खनन्को व्यवसायिक अध्ययन गर्न सरकारले बजेट विनियोजन गरेको छ ।
रुग्ण र बन्द रहेका सार्वजनिक संस्थान सञ्चालन गर्न सरकारले बजेट विनियोजन गरेको छ । निजी क्षेत्रको साझेदारीमा त्यस्ता रुग्ण उद्योग स्थापना गर्न सरकारले बजेट विनियोजन गरेको हो।
प्रतिक्रिया दिनुहोस !