एमसीसीबारे अमेरिकाले भन्यो : स्वीकार गर्ने-नगर्ने नेपालकै रोजाइ

एमसीसीबारे अमेरिकाले भन्यो : स्वीकार गर्ने-नगर्ने नेपालकै रोजाइ

काठमाडौँ : काठमाडौँस्थित अमेरिकी दूतावासले एमसीसीको अनुमोदन स्वीकार गर्ने नेपालकै रोजाइको विषय भएको जनाएको छ ।

एमसीसीबारे नेपालका राजनीतिक दल र नेताहरुबीच कडा मतभेद भइरहँदा अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी यस्तो जनाएको हो । संसदबाट एमसीसी अनुमोदन नभएको बारे आफू जानकार रहेको पनि अमेरिकाले जनाएको छ । तर यस कार्यक्रमको व्यवहारिकता र निरन्तरता निश्चित गर्न नेपालमा ठोस कदम जरुरी रहेको अमेरिकाले जनाएको छ ।

नेपालमा जारी विवादलाई लक्षित गर्दैै अमेरिकाले ५० करोड डलरको अनुदान अनुमोदनमा ढिलाइ गर्नुले झण्डै २ करोड ३० लाख मानिसको रोजगारी र आर्थिक वृद्धिमा ढिलाइ गर्नु भएको जनाएको छ ।

एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । यसको विरोध गर्दै युवाहरु लकडाउनका बावजुद सडकमा आन्दोलित बनेका छन् । सत्तारुढ दल नेकपाभित्रै समेत एकमत भइसकेको छैन ।

यसअघिको सम्झौता अनुसार यही असार १६ गते अर्थात मंगलबारदेखि नै एमसीसीका परियोजना कार्यान्वयनमा आउनुपर्ने हो । तर संसदले एमसीसी अनुमोदन गर्न नसक्दा यसको कार्यान्वयन मिति धकेलिने निश्चितप्रायः छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.