अब हरेक बैंकमा ग्राहक पहिचान फारम भर्नु नपर्ने

अब हरेक बैंकमा ग्राहक पहिचान फारम भर्नु नपर्ने

काठमाडौं : अबदेखि एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ ।  

शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गरेपछि यो व्यवस्थाको कार्यान्वयन हुनेछ । 

त्यस्तै एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एटिएमको अन्तर  अवद्धता गर्ने घोषणा गरेका हुन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.