डोटीमा बस दुर्घटना : तीन जनाको मृत्यु, ३१ घाइते

डोटीमा बस दुर्घटना : तीन जनाको मृत्यु, ३१ घाइते

डोटी : डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो।

पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका- १ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। बसमा सवार सबै भारतबाट मजदुरी गरेर घर फर्केका थिए।

अहिले दुर्घटनास्थलमा प्रहरी लगायत स्थानीयले उद्धार गरिरहेका छन्। केहि घाइतेलाई जिल्ला अस्पताल डोटीमा ल्याइएको बोहराले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.